देश विदेश

श्रीमान् विदेशमा: अवैध सम्बन्धबाट जन्मिएको शिशुको घाँटी निमोठीयो

शेयर गर्नुहोस्

सीपी लोहिया/न्युज कारखाना | | नवजात शिशुको घाँटी निमोठेर ह-त्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अ

वैध सम्बन्धबाट जन्मिएको शिशुको ह-त्या गर्ने डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

माधवीलाई जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएसँगै कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले न्युज कारखानालाई जानकारी दिए ।

माधवीले यही ६ भदौमा अवैध सम्बन्धबाट गर्भ रहेर जन्मिएको शिशुलाई जन्मिने बितिक्कै घाँटी निमोठेर ह-त्या गरेकी थिइन् । त्यसपछि घरपरिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरेको थियो ।

महिला स्वास्थ्य स्वयंसेविकासमेत रहेकी माधवीलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीको अनुसन्धानपछि अदालतमा पेस गरिएको थियो । १० वर्षअघि वैदेशिक रोजगारीमा गएका माधवीका श्रीमान् उतै बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

घरपरिवारबाट अलग बस्ने गरेकी माधवीको गाउँकै १७ वर्षीय किशोरसँग अवैध सम्बन्ध रहेको प्रहरीले जनाएको छ । अवैध सम्बन्धबाट माधवी गर्भवती भएपछि किशोरले माधवीसँगै विवाह गर्ने सहमति गरेका भएपनि ती किशोर हाल फरार रहेका छन् । माधवीको १३ वर्षीय एक छोरा पनि छन् ।

यो पनि पढ्नुहोस् : साइप्रसमा कृषि मजदुर/ लेबरको डिमाण्ड, तलब 455 Euro नेपाली रु 63 हजार

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।