देश विदेशमनोरंजन

भरतमणी पौडेल बने कमेडी च्याम्पियन सिजन-२ को विजेता

शेयर गर्नुहोस्

कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले जितेका छन् । आज भएको ग्राण्ड फिनालीमा पौडेलले नेपालकै लोकप्रिय कमेडी रियालिटी सो च्याम्पियन जितेका हुन् ।

सिक्किमका विक्की अग्रवाल फस्ट रनरअप र गोरखाका सन्तोष थापा सेकेन्ड रनरअप घोषित भए ।

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को अन्तिम ३ मा भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापा पुगेका थिए ।

दर्शकको भोटबाट विक्की र सन्तोष अगाडि बढ्दा अन्तिम ४ मा पुगेका हिक्मत महराले भने फाइनलमा स्थान बनाउन सकेनन् ।

भरतमणी पौडेलले भने निर्णायकहरुको छनोटका आधारमा फाइनलमा स्थान बनाइसकेका थिए । तिनै जना फाइनलिष्ट गृह जिल्ला भ्रमणका गएर भोट मागेका थिए ।

भरतमणी ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाका हुन् । यस्तै, विक्की भने सिक्किमबाट प्रतिस्पर्धा गर्न नेपाल आएका हुन् ।

ताप्लेजुङका भरतमणीले यो शोमा ७ पटकसम्म ‘पर्फमर अफ दि विक’को उपाधि समेत पाइसकेका थिए । उनले, प्रस्तुत गरेका थुप्रै बिषयलाई दर्शकले अत्याधिक रुचाए ।

भरतमणिले पूर्वराजा ज्ञानेन्द्र शाह, लोसपा नेता राजेन्द्र महतोको क्यारिकेचर पनि हुबहु गर्ने गरेका छन् । खासगरी उनले घरबेटीको प्रसंग आफ्ना प्रस्तुतिमा दिँदा दर्शकले निकै मन पराएका छन् ।

यता पारस शाह बन्नका लागि भरतमणीले डेढ बर्ष अगाडि नै सोच बनाएका थिए त्यो सोचको इच्छा कमेडी च्याम्पियनको स्टेजले बनाइदियो र त्यो पाएपछि मौका गुमाउन उनले चाहेनन् ।

–‘म एउटा राम्रो स्टेजको पर्खाइमा थिएँ । कमेडी च्याम्पियनको स्टेज भन्दा अर्को उत्कृष्ट ठाउँ नै थिएन । यसैले, यही स्टेजमा पारस शाहको अभिनय गरेको हुँ ।’ उनले भनेका छन् ।

भरतले पारसको हाउभाउ र बोली दुरुस्तै उतार्नका लागि सजिलो भने थिएन् । सुरुमा उनका अन्तरवार्ताहरु हेरेको उनले बताएका छन् ।

भरतमणी आफू स्ट्यान्ड अप कमेडीमा नै केन्द्रित हुने बताउँछन् । उनी, सामाजिक सञ्जालमा टिप्पणी भए जस्तो आफूले मुख बङ्ग्याएर अभिनय नगरेको बताउँछन् । उनले भने–‘सबै कुरा क्यारिकेचरको मात्र होइन । मैले प्रस्तुत गरेका बिषयलाई दर्शकले मन पराउनु भएको छ.” ।

यो पनि पढ्नुहोस् : साइप्रसमा कृषि मजदुर/ लेबरको डिमाण्ड, तलब 455 Euro नेपाली रु 63 हजार

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।