साइप्रस न्युज

पापोसको २ स्थानमा आगलागी, नियन्त्रण गर्ने प्रयास जारी (भिडीयो सहित)

शेयर गर्नुहोस्

१९ सेप्टेम्बर २०२१/ लिमासोल 

पापोस को सिमु र यौलु भिलेज को बीच भाग मा डढेलो लागेको   छ।  आइतबार मध्यान्न १२ बजे तिर आगो लागेको हो।  डढेलोका कारण हाल सम्म कुनै ज्यान धन को क्षति नभएको बताइएको छ।

सुख्खा झाडी र पातपतिङ्गर भएको स्थानमा  लागेको आगो निभाउन अग्नि नियन्त्रक विभागका ६ ओटा दमकल र चार हेलिकप्टर तैनाथ गरिएका छन्। आगो निभाउन  अग्नि नियन्त्रक लाई स्थानिय बासिन्दाले पनि मदद गरि रहेका छन्।

दमकल, प्रहरी, गेम फन्द र बन विभाग का गाडिहरु सो स्थान मा पुगी सकेका छन्।

आगो किन र कसरि लाग्यो भन्ने अझै स्पस्ट भने भएको छैन।  अग्नि नियन्त्रक विभाग का प्रवक्ताले भने कसरी आगो लाग्यो भन्ने पछि अनुसन्धान गरिने बताएका छन्।

बिना अनुमति आगो बाल्ने र ढडेलो लगाउनेलाई २०१२ को कानुन अनुसार १० वर्ष को जेल सजाय र पचास हजार युरो जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ साथै १९८८ को कानुन अनुसार पांच वर्ष जेल वा बिस हजार युरो जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ।

कहिँ कसैले मा धुवाँ वा आगो देखे वा जंगल आसपास देखेमा बन विभाग को हेल्प लाइन नम्बर 1407 वा आगलागी नियन्त्रण विभाग को नम्बर ११२ मा जानकारी दिन बन विभाग ले अनुरोध गरेको छ।

यो पनि पढ्नुहोस् : आगलागीबाट बाँचेकी नेपालीको अनुभव: कोलाहाल, धुवाँ बीचमा आगोले घेर्दा बाँच्ने आशा छोडिसकेको थिए

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।