साइप्रस न्युज

पापोस आगलागी: गाउँ खालि गराइयो, घर र गोदाम र खेतिबाली जलेर नष्ट

शेयर गर्नुहोस्
समिम मियाँ
१९ सेप्टेम्बर २०२१/ लिमासोल

पापोसको दुइ स्थान मा लागेको डढेलो मानव बस्ति तर्फ जान थाले पछि थ्रीनिया भिलेज खाली गराइएको छ।  स्थानियबासीको सुरक्षालाई मध्यनजर गर्दै स्थानिय प्रशासनले  सुरक्षित स्थान मा सारेको हो।

दिउँसो करिब १२ बजे देखि सिमु र यौलु भिलेज को बीच भाग मा लागेको डढेलो नियन्त्रण गर्ने प्रयास जारी  छ।   बिदामा रहेका अग्नि नियन्त्रकलाई  ड्युटी मा बोलाइएको छ।

आगलागी विभागका प्रवक्ता अनुसार डढेलो लागेको २ स्थानमा  यौलु – मिल्यु साथै सिमु -ड्राइमुपुग्न अफ्ट्यारो रहेको छ। सो क्षेत्रको  भौगोलिक अवस्थाले दमकल पुग्न नसकेकोले आगो नियन्त्रण मा मुस्किल भएको उहाले बताउनु भयो।

खासगरि सिमु भिलेज को दक्षिणी भागमा दमकल पुग्न सक्ने अवस्था छैन।  यो क्षेत्रमा १५ वर्ष पछि डढेलो लागेको बताइएको छ।

सिमु भिलेज मा आगलागीले केहि  प्रभाव  पारेको छ , सो भिलेजका अगुवा आन्द्रेयस पापाग्युले साइप्रस न्युज एजेन्सीलाई बताए अनुसार आगलागीले पर्यावरणमा ठुलो क्षति पुगेको  छ।

यता, यौलु भिलेजमा रहेको एक गोदाम र गोदाम संगै को घर र एक कार पनि जलेर पुर्ण रुपमा नस्ट भएको स्थानीय मिडिया साइप्रसटाइम्स ले जनाएको छ। सो गाउँको ठुलो क्षेत्रमा भएको  खेति पुर्ण रुपमा जलेर नस्ट भएको छ।

प्रहरी र सिभिल डिफेन्सले गाउँ खालि गराएको छ भने   १४ दमकल आगलागी नियन्त्रण मा  खटिएका छन्।  आगो निभाउन ‘इमाक’ प्रोटोकोल अनुसार अग्नि नियन्त्रक खटाइएका छन्।

इमाक भनेको अग्नि नियन्त्रक विभाग अन्तर्गत  जस्तो सुकै प्रकोपमा छिटो प्रतिक्रिया जनाउने युनिट हो।

‘इमाक” लाई सक्रिय गराए पछि देश भरि बाट र आवश्यक परेमा अन्तरास्ट्रिय मदद पनि लिन सकिन्छ।  पछिल्लो पटक  लिमासोल-लार्नाका सिमा क्षेत्रमा ठुलो आगलागी हुँदा ‘इमाक” प्रोटोकोल  लाई सक्रिय गराएर ग्रीस र इजरायल बाट अग्नि नियन्त्रक विमान मगाइएको थियो।

अहिले सो क्षेत्रमा हवाईजहाज र हेलिकप्टर गरि १० हवाई मदद पठाईएको छ। ब्रिटिस बेस बाट पनि २ जहाज मदद को लागि मगाइएको छ।

लिमासोल, लार्नाका र निकोसिया बाट पनि दमकल मगाइएको बताइएको छ।

अहिले सम्म मानवीय क्षति भएको खबर आएको छैन।  आगलागी का तस्बिरहरु स्थानीय ले सामाजिक संजाल मा पोस्ट गरि रहेका छन्।

बिना अनुमति आगो बाल्ने र ढडेलो लगाउनेलाई २०१२ को कानुन अनुसार १० वर्ष को जेल सजाय र पचास हजार युरो जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ साथै १९८८ को कानुन अनुसार पांच वर्ष जेल वा बिस हजार युरो जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ।

कहिँ कसैले मा धुवाँ वा आगो देखे वा जंगल आसपास देखेमा बन विभाग को हेल्प लाइन नम्बर 1407 वा आगलागी नियन्त्रण विभाग को नम्बर ११२ मा जानकारी दिन बन विभाग ले अनुरोध गरेको छ।

यो पनि पढ्नुहोस् : आगलागीबाट बाँचेकी नेपालीको अनुभव: कोलाहाल, धुवाँ बीचमा आगोले घेर्दा बाँच्ने आशा छोडिसकेको थिए

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।