प्रवास

३८ लाख तिरेर अवैध रुपमा अमेरिका जान खोज्ने ६० नेपाली जर्मनीमा पक्राउ

शेयर गर्नुहोस्

अवैध रुपमा अमेरिका जाने उद्देश्यले जनही ३८ लाख खर्च गरेका ६० जना नेपाली जर्मनीमा पक्राउ परेका छन्।

जर्मनी पुगेका ६० जना नेपाली त्यहाँको फ्र्यांकफर्ट विमानस्थलमा पक्राउमा परेका हुन्।

दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्ने दाउमा रहेका उनीहरूलाई नक्कली कागजात देखिएपछि फ्र्यांकफर्ट विमानस्थलको अध्यागमन विभागले समातेको हो।

जर्मनीस्थित नेपाली दूतावासका अनुसार तीमध्ये केही मेक्सिको पुगिसकेका थिए तर मेक्सिकोबाट उनीहरुलाई जर्मनी नै डिपोर्ट गरिएको थियो।

यसरी जहाँजहाँबाट आए त्यहीँत्यहीँ डिपोर्ट गरिने भएपछि सबैजना नेपाल नै फर्किने भएका छन्।

फ्र्यांकफर्ट विमानस्थलमा समातिएकामध्ये एक नेपालीका अनुसार उनीहरु एक हप्तादेखि नियन्त्रणमा छन्।

पीडितका अनुसार त्यहाँ अलपत्र नेपालीमध्ये धेरैजसोलाई एक जना दलालले अमेरिका पठाउने भन्दै दुई साताअघि काठमाडौंबाट दुबई पठाएका थिए।

अलपत्र परेका अर्का एक नेपालीले आफूहरू नियन्त्रणमा रहेका भए पनि प्रहरीले अन्य केही नगरेको बताएका छन् ।

‘हामीलाई प्रहरीले रोकेको त हो । तर पक्राउ गरेको जस्तो छनक दिएको छैन । हामी अझै पनि मेक्सिकोको टिकट बनाएर उतै उड्ने पर्खाइमा छौं,’ उनले भने । मोटो रकम तिरेर हिँडेकाले जसरी पनि मेक्सिको गएर अमेरिका छिर्ने आसमा रहेको बताउँदै उनले भने, ‘३८ लाख तिरेर आएको हो । दलालले थाहा पायो भने झन् दुःख दिन सक्छ र आमाबुबाले यो सुन्नुभयो भने चिन्ताले मर्नुहुन्छ ।’

त्यहाँबाट त्यहीँका विदेशी दलालले उनीहरूलाई मस्को पठाइदिएका थिए। त्यहाँबाट उनीहरू आफ्नै खर्चमा मेक्सिको पुगेका थिए। त्यसपछि सबैको ट्रान्जिट जर्मनीको फ्र्यांकफर्ट विमानस्थल परेपछि उनीहरू अमेरिका छिर्न भनेर फ्र्यांकफर्ट पुग्दा जाँचका क्रममा कसैका कागजात नपुगेको तथा कसैका नक्कली भएकाले पक्राउ परेको बताइएको छ।

उनीहरु सबैले जनही ३८ लाख रुपैयाँ खर्च गरेका थिए।

यो पनि पढ्नुहोस् : एक हाउसमेड जो बिदा र तलब नपाई १२ वर्ष काम गर्न बाध्य भइन्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।