साइप्रस न्युज

नेपाल फर्किन चाहनेलाई साइप्रस सरकारले १ हजार युरो नगद सहित हवाई टिकट दिने

शेयर गर्नुहोस्
समिम मियाँ
२२ सेप्टेम्बर २०२१/ लिमासोल

पारिवारिक पुनर्मिलनको लागि स्वैच्छिक रुपममा स्वदेश फर्कन चाहने व्याक्तिका लागि बनाइएको घर फिर्ती कार्यक्रमलाई  साइप्रस सरकारले थप प्रोत्साहन गर्न नयाँ योजना सार्वजनिक गरेको छ।

आन्तरिक मंत्रालय अन्तर्गतको असाइलम सर्भिस ले सिभिल रजिस्ट्री र माइग्रेस डिपार्टमेन्ट साथै इमिग्रेसन  प्रहरी को सहकार्य मा स्वैच्छिक घर फिर्ती कार्यक्रमलाई आर्थिक सहयोग सहित  अघि  सारेको हो।

सार्वजनिक गरिएको नयाँ योजना आगामी डिसेम्बर ३१ तारिख सम्म रहने बताइएको छ।

असाइलम सर्भिस ले दिएको जानकारी अनुसार घर फर्किन चाहने तेस्रो देश का नागरिक ले हवाई टिकट सहित आर्थिक सहयोग गर्ने बताएको छ।  देशको क्याटेगोरी  अनुसारको आर्थिक सहयोग ५०० देखि १५०० युरो सम्म हुने बताइएको छ।

‘क्याटेगोरी ए’ मा पर्ने जोर्जियन नागरिक ले हवाई टिकट सहित पाँच सय युरो नगद दिइने छ भने ‘क्याटेगोरि बी’ मा पर्ने नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, इजिप्ट, अल्जेरिया, भियतनाम, मोरोक्को, टुनेशिया र  फिलिपिन्स जाने नागरिक ले भने एक हजार युरो सहित हवाई टिकट पाउनेछन्।

त्यस्तै, “क्याटेगोरी सी ” अन्तर्गत पर्ने गाम्बिया, नाइजेरिया, सोमालिया, घाना, सेनेगल, कंगो, केन्या, टोगो, सियारा लियोन, बेनिन, क्यामरुन र सिरिया का नागरिक ले हवाई टिकट सहित पन्ध्र सय युरो दिइने बताइएको छ।

 

यी सुविधा एक व्याक्ति वा परिवार भएका ब्याक्ति ले पनि पाउनेछन।  अर्थात, तपाइँ साइप्रस मा एक्लो हुनु हुन्छ भने तपाइँ ले टिकट सहित आर्थिक सहयोग त पाउनु हुने नै छ। साथै,

यदि तपाइँ को परिवार (श्रीमती/श्रीमती वा छोराछोरी) पनि छन् भने तपाइँ ले 100 % रकम, श्रीमती/श्रीमती ले 50% र जुन सुकै उमेर का छोराछोरी भए पनि प्रति व्याक्ति 50% रकम पाउनेछन।  साथै यी सबै ले नि:शुल्क हवाई टिकट पनि पाउने व्यवस्था गरिएको छ।

आफ्नो जन्मभुमि फर्केर परिवार संग पुनर्मिलन हुन सबै इच्छुक व्याक्ति ले असाइलम सर्भिस मा सम्पर्क गर्न सक्नेछन्। फर्ता नआउने गरि जानेले  सम्पर्क को लागि फोन नम्बर 22-308505 वा मोबाइल नम्बर 96-375324 कल गर्न सक्नेछन ।

वा असाइलम सर्भिस को अफिस 70 Archbishop Makarios III Avenue, Afemia House 1077, Nicosia मा गएर पुरा जानकारी लिन सकिन्छ।

यस सम्बन्धमा थप जानकारी को लागि असाइलम सर्भिस को वेबसाइट मा यहाँ क्लिक गरि हेर्नु होला।

यो समाचार पनि पढ्नुहोस् : साइप्रसमा शरणार्थी र असाइलम चाहने  को  लागि महत्वपुर्ण जानकारी

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

2 thoughts on “नेपाल फर्किन चाहनेलाई साइप्रस सरकारले १ हजार युरो नगद सहित हवाई टिकट दिने

Comments are closed.