साइप्रस न्युज

लिमासोल र पापोसमा डढेलो, लिमासोल को आगो नियन्त्रण मा आयो

शेयर गर्नुहोस्
२३ सेप्टेम्बर २०२१/ लिमासोल

लिमासोलको आइयोस सिलास औधोगिक क्षेत्र मा आगलागी भएको छ।  आज बिहान करिब १०:३० बजे लागेको आगो निभाउन ४ ओटा दमकल, २ हेलिकप्टर र बन बिभाग को २ ओटा हवाईजहाज परिचालन गरिएको छ।

आगोका कारण हाल सम्म कुनै जनधन को क्षति नभएको स्थानीय मिडियाले बताएका छन्।

अग्नि नियन्त्रक  विभागका प्रवक्ता आण्ड्रेयस केट्टिस ले  खुला स्थानमा रहेको पातपतिङ्गर र घास जलिरहेका बताएका छन्।

प्रारम्भिक जानकारी अनुसार खोला किनार बाट सुरु भएको सो आगो औधोगिक क्षेत्र तर्फ बढ्न थाले पछि अग्नि नियन्त्रक हरुको प्रयास ले आगलागी नियन्त्रण मा आएको छ।

प्रवक्ता आण्ड्रेयस केट्टिस ले जानकारी दिदै १० हेक्टर जमिन मा डढेलो लागेको थियो।

त्यस्तै, पापोसको स्ट्रुम्बी भिलेज नजीकै पनि आगो लागेको खबर प्राप्त भएको छ। त्यहाँ पनि पातपतिङ्गर र जंगली घास जलिरहेका बताएका छन्। आगो निभाउन अहिले पापोस सिटि र स्थानीय अग्नि नियन्त्रक विभाग ले पाँच ओटा दमकल पठाएका छन्।

तिव्र गतिमा चलेको हावाका कारण समस्या आइरहेको बताइएको छ। आगलागी नियन्त्रण गर्ने प्रयास जारी रहेको बताइएको छ।

यो पनि पढ्नुहोस् : नेपाल फर्किन चाहनेलाई साइप्रस सरकारले १ हजार युरो नगद सहित हवाई टिकट दिने

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *