साइप्रस न्युज

नेपाली समुदायहरुको सुरक्षा गर्न साइप्रस सरकार तयार छ : रक्षामंत्री पेत्रिदेस

शेयर गर्नुहोस्
२४ सेप्टेम्बर २०२१ /निकोसिया

नेपाली समुदायहरुको बारेमा साइप्रस सरकार सदैव सुरक्षा गर्न तयार रहेको रक्षामंत्री चारालाम्बस पेत्रिदेस ले बताउनु भएको छ ।

नेपाली राजदुतावास ईजरायल एवमं अवैतानिक वाणिज्य दुतावास साईप्रसको आयोजनामा भएको बिहिबार संविधान दिवसको अवसर पारेर गरेको कार्यक्रममा रक्षामंत्री पेत्रिदेसले सो कुरा बताउनु भएको हो ।

उहाँले  नेपाल र साईप्रस सरकार बीच आर्थिक, सामाजिक  एवमं राजनैतिक हिसाबले राम्रो सम्बन्ध रहेको भन्दै सुरक्षाको विषयमा पनि नेपाल सरकार संग  सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाउनु भयो ।

नेपाली समुदायहरुले साईप्रसमा रहेर गरिरहेको योगदानहरु उच्च रहेको भन्दै मन्त्रि मंत्री पेत्रिदेसले प्रशांसा समते गर्नुभएको थियो ।

मंत्री पेत्रिदेसले आफु नेपालमा शान्ति र सुरक्षाका बारेमा सहकार्य गरेर अगाडी बढ्न  समेत तयार रहेको बताए ।

दुतावासका प्रवक्ता अर्जुन घिमिरेको संचालनमा भएको कार्यक्रममा विभिन्न देशका राजदुत, साईप्रसका व्यवसायी , नेपाली सघंसस्थाका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रवक्ता घिमिरेका अनुसार समय छोटो भएकोले साईप्रसका रहेका नेपालीहरु संग  प्रत्यक्ष रुपमा अन्तरक्रिया कार्यक्रम गर्न नसकेकोमा दुख व्यक्त  गर्दै आगामी  दिनमा दुतावासले छिट्टै छलफल गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा अवैतनिक वाणिज्यदुत डा. रामजिवन पन्जियारलाई रक्षामंत्री चारालाम्बस पेत्रिदेसले दोसल्ला ओढाएर सम्मान समेत गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस् : साइप्रस आउने नेपाली Housemaid यसरी ठगिन्छन्, तुहिन्छ सपना…..

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *