संघसंस्था गतिविधिसाइप्रस न्युज

नेपाल तामाङ घेदुङ साइप्रसले शुभकामना अदानप्रदान गर्ने

शेयर गर्नुहोस्
साईप्रस , युरोप, तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्वर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल तामाङ घेदुङ साइप्रसले शुभकामना अदानप्रदान कार्यक्रम गर्ने भएकोछ ।
     नेपाल तामाङ घेदुङ साइप्रसले आफनो चौथो बसन्त सफलताका साथ सम्पन्न गरि पाचौ बर्षमा लागेको अवसर पारेर यो कार्यक्रम गर्न लागेको साईप्रस नेपाल डटकमलाई जानकारी दिएको छ । नेपाल तामाङ घेदुङ साइप्रसकी अध्यक्ष लक्ष्मी ब्लोनका अनुसार शुभकामना अदानप्रदान कार्यक्रम आउदो २४ अक्टोबर लिमासोलको गोर्खा किचनमा गरिने जानकारी दिनुभएको छ ।
        अध्यक्षका अनुसार कार्यक्रममा सहभागिताका लागि कोभिडको मध्य नजर गर्दै साईप्रस सरकारले लागु गरेको नियमलाई पुर्ण रुपमा पालना गर्दै कोरोना विरुद्धको लगाएको सेफ पास र मास्क साथमा प्रयोग गरेको हुनुपर्ने जानकारी दिनुभयो ।
   घेदुगंकी कार्यवाहक महासचिव निर्माला थिङ तामाङले पनि सस्थाको अफिसियल पेजमा आधिकारीक सुचना जारी गर्दै कार्यक्रममा सबैलाई उपस्थितिका लागि अनुरोध गर्नु भएको छ ।
शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *