प्रवास

पत्रकार महासंघ यूकेद्धारा एनआरएनए यूके अध्यक्ष प्रेमगाहामगरको धम्किको घोर निन्दा

शेयर गर्नुहोस्

लण्डन । ध्रुवराज आर्यालको नेतृत्वमा रहेको नेपाल पत्रकार महासंघ बेलायतले हालै सम्पन्न गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिष्दाहरुद्धारा आयोजित भेलामा पत्रकार माथि भएको अपमानजनक व्यवहार प्रति खेदप्रकट गरेको छ । शाखाको तर्फबाट महासचिव नरेन्द्र बस्नेतले विहिवार एक विज्ञप्ति जारी गर्दै पत्रकारलाई अपमानजनक टिकाटिप्पणी एवं व्यवहार नगर्न चेतावनी दिइएकोछ ।

विज्ञप्तिमा हालै सम्पन्न गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिष्दाहरुद्धारा आयोजित भेला बारे जानकारी दिन २६ अक्टोवर २०२१ का दिन गरिएको भर्चुअल पत्रकार सम्मेलनका क्रममा यस शाखाका पूर्वअध्यक्ष चिरन शर्मा र सल्लाहकार श्याम लुईटेलसहितका पत्रकारहरुप्रति आयोजक समूहका सदस्यहरुबाटै अपमानजनक व्यवहार भएकोप्रति शाखा खेद प्रकट गर्दछ ।

पत्रकार सम्मेलनमा आमन्त्रित रुपमा सहभागी पत्रकारहरुको उचित सममान र प्रश्न सोध्न पाउने अधिकारतर्फ सचेत र प्रतिबद्ध रहन शाखा सम्बन्धित सबैको ध्यानार्कषण गर्दछ ।  पत्रकार र मिडियाहरुसंग सम्बन्धित कुनै पनि गुनासोहरु सभ्य र मर्यादि विधि, प्रक्रियामार्फत सम्बन्धित निकायहरुमै राख्न तथा पत्रकार मिडियाहरु बारे सार्वजनिक रुपमा अपमानजनक टिकाटिप्पणी एवं व्यवहार नगर्न समेत शाखा आग्रह गर्दछ भनिएको छ ।

यसअघि गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगर सो पत्रकार सम्मेलनमा पत्रकारद्धय माथि अर्यादित तथा आपत्तिजनक शव्द प्रयोग गर्दै धम्कि दिएका थिए ।
शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *