साइप्रस न्युज

वैदेशिक रोजगार कार्यालयका नायब सुब्बा २१ हजार घुससहित पक्राउ

शेयर गर्नुहोस्

१७ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचलका नायव सुब्बा दुर्गाप्रसाद पोखरेललाई २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको श्रम स्वीकृति बनाउन आएका सेवाग्राहीलाई काममा आलटाल गरी अनलाइन फर्म भर्ने बिचौलियासँग जानुपर्ने बाध्यता सिर्जना गरी बिचौलियाको काम गर्ने खेमप्रसाद काफ्लेमार्फत २१ हजार घुस मागेको उजुरीको आधारमा पुगेको अख्तियार केन्द्रीय कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

नायब सुब्बा पोखरेल र विचौलिया काफ्लेलाई घुस लिइसकेको अवस्थामा सोल्टिमोडस्थित रेडक्रस मार्गको सडक किनाराबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *