देश विदेशसाइप्रस न्युज

जन्मोत्सवको अवसरमा १५० भन्दा बढि अत्ति गरिब बालबालिकालाई शैक्षिक समाग्री वितरण

शेयर गर्नुहोस्

युरोप , साईप्रस । युरोपियन देश साईप्रसलाई कर्मथलो बनाई कार्यरत प्रकास बराईलीले आफनो जन्म दिनको अवसरमा १५० भन्दा बढि बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गर्नुभएको छ ।

बराईलीले नेपालको सर्लाही जिल्लाको रामनगर गाउपालिका वडा न. २ धुर्वाटोलमा रहेका १० बर्ष भन्दा मुनिका चमार , डोम , मुसहर जातिका बालिबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गर्नु भएको हो । यि समुदायका बालिबालिकाहरुलाई अहिले पनि विद्यालयका शिक्षक, उच्च जातका विद्यार्थीहरुबाट समेत अपहेलित , जातिय गाली , विभेद सहनुपरेको , स्कुल जान समेत नपाएकोले स्थानिय चमार कल्याण समाज सर्लाहि जिल्ला कमिटि मार्फत बराईलीले सो सहयोग गर्नुभएको हो ।

समाजका अध्यक्ष सोनेलाल चमारका अनुसार बराईली आफनो समुदायका बालबालिकाहरुलाई गरेको यो सानो सहयोगले ठुलो काम गरेको जानकारी दिनुभयो । चमारले विदेशभुमिबाट प्रकास बराईलीले गर्नुभएको सहयोगले आफनो समुदायका बालबालिकाहरुलाई विद्यालय जान प्रेरित गरेको खुसि ब्यक्त गर्नु भयो ।

साथै उहाले विदेशमा रहेका नेपालीहरुले नेपालको तराई मधेशमा बसोबास गर्ने अत्ति विपन्न बर्गलाई सहयोग गरेर ठुलो मानवताको धर्म निभाएको अध्यक्ष सोनेलालले बताए ।

यता बराईलीले यो भन्दा पहिला आफनो श्रीमतिको जन्मदिनको अवसर पारेर गत बर्ष महोत्तरी जिल्लामा सयौ बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गर्नु भएको थियो । बराईलीले आफु अत्ति गरिब परिवारमा जन्मेकोले शिक्षाको महत्व पनि बुझेकोले आफु आफु स्वदेशमा अत्ति गरिब , दलित समुदायहरुलाई सदैव सहयोग गरिरहने प्रतिबद्धता जनाउनु भयो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *