साइप्रस न्युज

मानव तस्करीको पन्जामा परेका १८ जना पिडितको निकोसियाबाट उद्वार

शेयर गर्नुहोस्
१८  नोभेम्बर २०२१/ निकोसिया 

मावन तस्करीको पन्जामा  परेका १८ जना पिडीतको निकोसियाबाट उद्धार गरिएको छ।  गत सोमबार प्रहरीले पाएको सुराकीको आधारमा स्ट्रोभोलोस बाट रसिया र युक्रेन देशका नागरिक रहेको बताइएको छ।

मानव तस्करी विरुद्ध  काम गर्ने संस्थाका प्रमुख इलेनी मिखेलले यस बारे अनुसन्धान चलिरहेको बताइन। साथै , रसिया लगायतका देश बाट तिन महिने  पर्यटक भिसामा आउने जाने गर्ने हुनाले सम्भावित  पिडित पहिचान गर्न कठिनाइ गर्नु परिरहेको बताइन् ।

हाल सम्म कोहि मानव तस्करी पनि पक्राउ परेका छैनन्। तर उद्धार गरिएका पिडितबाट बयान लिने क्रम चलिरहेको छ।

हालै मात्र अमेरिकाको स्टेट डिपार्टमेन्टको मानव तस्करी सम्बन्धित रिपोर्ट मा साइप्रस को स्तर खस्किएको छ।  मानव तस्करी सम्बन्धी  मुद्दामा छिट्टो  न्याय नपाउनु मुख्य कारण बताउदै यसलाई सुधार गर्न ९ बुँदा सुझावको रुपमा प्रकाशित भएको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *