साइप्रस न्युज

निकोसियामा एक व्याक्तिको चक्कु प्रहार गरि हत्या, २ जना पक्राउ (अपडेट)

शेयर गर्नुहोस्

२३ नोभेम्बर २०२१/ निकोसिया

निकोसियामा एक व्याक्तिको हत्या भएको छ।  सोमवार राति इंगोमी मा रहेको जोरबास बेकरी मा २ व्यक्ति विच सामान्य विवाद हुँदा चक्कु प्रहार भएको थियो।

प्रहरीका अनुसार सामान्य विवादले उग्र रुप लिए पछि पिडित को ढाड मा चक्कु प्रहर गरि अपराधि फरार भएको हो।  चक्कु लागे पछि पिडित जमिन मा ढलेको देखेपछि प्रहरी र एम्बुलेन्स घटना स्थलमा पुगेको थियो। बहोसी मा रहेका घाइते पिडितलाई अस्पताल पुर्याउदा डाक्टरले मृत घोसणा गरेका थिए।

प्रहरीका प्रवक्ता अनुसार पिडित को मृत्यु भएको छ।  मृतक २८ वर्षका कंगो देश का नागरिक भएको बताइएको छ।

निकोसिया सीआइडिले घटना को अनुसन्धान सुरु गरि अपराधि को खोजि तिव्र पारेको छ। सिआइडि ले  २ जना अपराधि पक्राउ परेका छन्।  पक्राउ पर्ने मा २५ र ३६ वर्षका कंगो देश का नागरिक भएको बताइएको छ।

यो पनि पढ्नुहोस् : ‘१५ लाख डुबाएँ मुश्किलले बाँचेर आएँ’

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।