प्रवास

टर्की हुँदै ग्रीस छिर्ने क्रममा ७ जना आप्रवासीको सवारी दुर्घटनामा मृत्यु (अपडेट )

शेयर गर्नुहोस्

गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा सातजना आप्रवासीको सवारी दुर्घटनामा मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना नेपालीहरु रहेको अधिकारीहरूको भनाइलाई उल्लेख गर्दै डेलिमेलले लेखेको छ ।

दुर्घटनामा परी ज्यान गुमाउने सात जनामा एक महिला समेत छिन् । मृतकको हालसम्म सनाखत हुन सकेको छैन ।

१५ जना आप्रवासी बोकेको गाडी प्रहरीको अवरोधबाट बच्न खोज्दा नियन्त्रण गुमाएर दुर्घटनामा परेको समाचारमा उल्लेख गरिएको छ । दुर्घटनामा घाइते हुनेमा चार जना पाकिस्तानी, दुई जना नेपाली र एक जना अफगानी छन् ।

ग्रीस प्रहरीले शुक्रबार १५ जना बोकेको गाडी टर्कीसँगको ग्रीसको उत्तरपूर्वी सीमा क्षेत्रबाट उत्तरको मुख्य सहर थेसालोनिकीतर्फ राजमार्गमा यात्रा गरिरहेको बेला मध्यरातमा दुर्घटना भएको जनाएको छ । मध्यरात पछि भएको घटनामा ६ जना पुरुष र एक महिलाको मृत्यु भएको छ र मृत्यु हुनेमा नेपाली पनि रहेको जानकारी आए पनि कति नेपाली भन्ने पुष्टी  हुन सकेको छैन

मारिएका व्यक्तिको पहिचान भने खुल्न सकेको छैन, तर घाइते हुनेमा चारजना पाकिस्तानी, दुई अफगान र एक नेपाली पुरुष रहेको बताइएको छ । उनीहरूलाई उत्तरपूर्वी ग्रीक सहर जान्थी र कोमोटिनीको अस्पतालमा लगिएको छ।

केहि नेपाली अनलाइन ले ३ जना मृतक नेपाली भएको भनि  प्रकाशन गरेको समाचार मा सत्यता नभएको ग्रीस बाट राज ढुंगाना ले हामि संग सम्पर्क गरि जानकारी दिनु भएको छ।  लक्ष्मण सापकोटा, लोकनाथ आचार्य र  ओम मगर तिनै जना जीवित सकुसल रहेको र आफ्नो निरन्तर सम्पर्कमा भएको ढुंगानाले जानकारी दिनु भयो।  उहाँका अनुसार  उनीहरु ३ जना केहि घण्टा मा नै ग्रीस को राजधानी एथेन्स पुग्दै हुनु हुन्छ। (

नेपालीहरुको यथार्थबारे छिट्टै बाहिर ल्याउँछौं : एनआरएनए टर्की

एनआरएनए टर्कीका अध्यक्ष उज्ज्वल कुमार घिसिङले दुर्घटनामा परेका नेपालीहरुको यथार्थबारे जति सक्दो छिटो बाहिर ल्याउने बताएका छन् ।

‘हामीले पनि समाचारबाट नै सुनेका छौं, तर अहिलेसम्म कुन एजेण्टले पठाएका नेपालीहरु हुन् ? को-को परेका छन् भन्नेबारे संघलाई कुनै पनि जानकारी छैन,’ अध्यक्ष घिसिङले भने ।

उनले अघि भने, ‘टर्कीबाट अवैध रुपमा ग्रीस प्रवेश गर्ने नेपालीहरुको संख्या दिनदिनै बढ्दै छ । समाचारमा उल्लेख भएको घटनाको प्रकृति हेर्दा नेपालीहरु पर्न सक्ने स्वभाविक नै हो ।’ टर्कीदेखि ग्रीस अवैधानिक रुपमा जाँदा विना पासपोर्ट वा डकुमेन्ट हिड्ने हुँदा मृतकहरुको सनाखत हुन पनि समय लाग्ने उनले बताए ।

टर्कीमा रहेका नेपालीहरुसँग पनि आफूहरुले सोधीखोजी सुरु गरिसकेको उनले बताए । अध्यक्ष घिसिङले भने, ‘यहाँ ठूला-ठूला घटनाहरु हुन्छन्, तर तत्काल थाहा नै हुँदैन । सत्यतथ्य एकदिन त बाहिर आइहाल्छ ।’

टर्कीलाई इस्लामावादस्थित नेपाली राजदूतावासले हेर्दै आएको छ ।

यो पनि पढ्नुहोस् : ज्यान जोखिममा राखेर टर्की पुगेर पनि २ औला र १५ लाख गुम्यो। यसरि ठग्छन एजेन्टले !

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “टर्की हुँदै ग्रीस छिर्ने क्रममा ७ जना आप्रवासीको सवारी दुर्घटनामा मृत्यु (अपडेट )

Leave a Reply

Your email address will not be published. Required fields are marked *