Domestic Workerकोरोनासाइप्रस न्युज

इम्प्लोयरले नै कोभिड विरुद्धको खोप लगाउन मनाही गरेको हाउसमेडको गुनासो

शेयर गर्नुहोस्
समिम मियाँ
२५ नोभेम्बर  २०२१/लिमासोल

गत वर्ष कोरोना भाइरस को महामारी सुरु भए देखि बुधवार सम्म संक्रमित को संख्या एक लाख ३१ हजार नाघेको छ।  हाल सम्म कोभिड का कारण साइप्रसमा ५९० जनाले ज्यान पनि गुमाउनु परेको छ।

कोरोना संक्रमणका कारण हिजो बुधबार ४३४ जनमा  कोरोना पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  बुधबार दिनभरी गरिएको ६१,४२४  कोरोना टेस्ट मध्य बाट ४३४ मा संक्रमण भेटिएको हो। केहि हप्ता देखि साइप्रस मा कोरोनाको संक्रमण तिव्र रुपमा बढ्दो छ।

अहिले युरोप भरि नै कोरोना को संक्रमण बढ्दै गएको देखिएको छ।  विश्व स्वास्थ्य संगठन ले युरोप मा अझै ७ लाख मानिस को मृत्यु हुने अनुमान गरेको मिडिया रिपोर्टमा उल्लेख छ।  युरोप भरि नै कोरोनाको चौथो लहर आउने हो कि भन्ने चिन्ता आम मानिस मा रहेको छ।

साइप्रस मा ८० % जनसंख्या लाई कोभिड विरुद्द को खोप दिई सकेको छ तर पनि अझै २० % ले खोप लगाएका छैनन्।  सरकारले ३ हप्ता को समय भित्र खोप नलगाए विभिन्न सुविधा मा बन्देज लगाउने संकेत गरेको  छ।

यसको प्रत्यक्ष असर श्रमिक मा पर्ने निश्चित छ।  खास गरि नेपाली घरेलु कामदारले खोप लगाउन बाट बन्चित गरिएको छ।  रोजगारदाताले आफु पनि खोप नलगाउने र आफ्नो घरेलु कामदार लाई पनि लगाउन दिदैनन। खोपले मान्छेलाई दिर्घकालिन असर पार्नु का साथै त्यो असर ले  छिटै मृत्यु हुन्छ जसको जिम्मेवारि हामि लिन सक्दैनौ भन्ने रोजगारदाता को मानसिकता रहेको बुझिएको छ।

विभिन्न देशले आफ्ना नागरिकलाई  खोप लगाउन अनुरोध गरे पनि त्यसको विरोध गर्नेको जमात पनि ठुलै छ। उनीहरुले  ” मेरो शरीर मेरो स्वतन्त्रता “, “रोज्न पाउने मेरो स्वतन्त्रता”,  भन्ने जस्ता नारा लिएर सरकारको विरोध गरिरहेका छन्।

घरेलु कामदारको सम्पुर्ण जिम्मेवारी रोजगारदाता को भएकोले केहि इम्प्लोयरले खोप लगाउन मनाही गर्दै आएको घरेलु कामदारको गुनासो छ।

त्यसो त अधिकांस इम्प्लोयरले  आफुले खोप लगाए संगै घरेलु कामदारको स्वास्थ्य सुरक्षाको निम्ति आफैले भ्याकसिन सेन्टर लगेर खोप लगाइदिने गरेका नेपाली हाउस्मेडहरुले बताए।

छुट्टीमा घर जान लागेकी  रोजी लामाले हाल सम्म कोरोना विरुद्दको खोप लगाउन पाएकी छैनन्।  इम्प्लोयरको परिवार कोहि ले पनि खोप लगाएका छैनन्।  “खोप लगाए मरिन्छ तेही भएर हामिले लगाएका छैनौ तिमि नि नलगाउ भनेका छन्,”  उनीले भनिन्।

घर जाने नै भए पछि उनले  भ्याक्सिन लगाए नेपाल मा महँगो होटेल  क्वारेन्टाइन बस्नु नपर्ने  कुरा आफ्नो इम्प्लोयरलाई बताइन।  तर इम्प्लोयर ले सुने पनि नसुने जस्तो गरेर बसेकी छन्।

सरकारले अहिले घर बाहिर जाँदा सेफपास अनिवार्य गरेको छ। कोरोना को खोप लगाएको वा पिसिआर/र्यापिड टेस्ट गरेको रिपोर्ट वा  ६ महिना भित्र कोरोना पोजेटिभ भै निको भएको रिपोर्ट वा फ्लाइटपास लाई सरकारले सेफपास भनेको छ।

दैनिक घरायसी सामान लिन जाने सुपरमार्केट देखि अधिकांस पसलमा जान सेफपास स्क्यान गराउनु पर्ने वाध्यता छ। अहिले सेफपासलाई भने CovPass Cyprus मोबाइल एप मा देखाउनु पर्ने भनिएको छ।

रोजी लामा केवल एक प्रतिनिधि पात्र हुन्।  खोप नलगाएका वा सेफपास नभएका नेपाली घरेलु कामदार आइतबार छुट्टी निस्किन सकिरहेका छैनन्।  प्रहरीले जुनसुकै बेला सेफपास चेक गर्दा  देखाउन  नसकेमा जरिवाना तिर्नु पर्ने जोखिम छ।

रोजगारदाताले नै खोप लगाउन नदिए पछि जरिवाना तिर्नु पर्ने जोखिममा घरेलु कामदार पैसा पठाउन भने पनि छुट्टी निस्किने गरेका छन्।

स्वास्थ्य मन्त्रालयले खोप को सहजताको लागि ‘वाक इन भ्याक्सिन सेन्टर’ देशभरि हप्ताको ६ दिन संचालन गरेको छ तर  आइतबार भने यो सुविधा उपलब्ध  नहुनाले इच्छुक कामदारले खोप लगाउने सुविधा बाट बन्चित छन्।

आप्रावासी श्रमिक जम्मा हुने स्थान मा हरेक आइतबार खोप सेन्टर संचालन गर्न नेपाली नियोग बाट पहल भए यो सुविधाबाट  खासगरि नेपाली हाउमेडले राहत पाउने थिए।

यो पनि पढ्नुहोस् : साइप्रस पठाउछु भन्दै कयौ युवायुवतीको लाखौं असुल्ने एजेण्ट पक्राउ

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।