संघसंस्था गतिविधिसाइप्रस न्युज

संघीय लिम्बुवान सामाजिक मञ्च साईप्रसको दोश्रो महाधिवेशनबाट भरत तुम्बाहाम्फे निर्विरोध चयन

शेयर गर्नुहोस्

युरोप , साईप्रस । संघीय लिम्बुवान सामाजिक मञ्च साईप्रसको दोश्रो महाधिवेशनले भरत तुम्बाहाम्फेको नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । संघीय लिम्बुवान सामाजिक मञ्च साईप्रसको अध्यक्ष बाल कुमार लिम्बुको अध्यक्षता एवमं केन्द्रिय अध्यक्ष कुमार लिङदेनको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष सम्झाना लिम्बु , उपाध्यक्ष मन कुमारी लिम्बु , उपाध्यक्ष अमृता राई , महासचिव मन्जु खुदाङ, अर्थ सचिव(कोषाध्यक्ष) सोनिया लिम्बु , सचिव ढगेन्द्र लिम्बु सदस्य शङ्खर पोख्रेल रहनुभएबको छ भने सदस्यहरुमा बेबि लिम्बु , सुमना लिम्बु , एन्जल लिम्बू ,लिला लावती , मचिन्द्र लिम्बु , सबिना लिम्बु , मिना लिम्बु लाई सर्बसम्मतले चयन गरिएको छ ।

संघीय लिम्बुवान सामाजिक मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङदेनले भर्चुवल माध्यमबाट अधिवेशनलाई सम्बोधन गर्दै आफनो पार्टीले नेपालमा सघिंयता १० (१) प्रान्त नै प्रमुख बटमलाइन भएको बताउनु भएको थियो । उहाले जब सम्म नेपालमा सबै समुदायहरु समानता महसुस गर्दैनन् तब सम्म लोकतन्त्रको कुनै महत्व नहुने अध्यक्ष कुमारको भनाई थियो ।

मन्चको भर्चुवल पहिलो बैठकलले संरक्षकमा बाल कुमार लिम्बुलाई चयन गरेको छ भने सल्लाहकारहरुमा निता लिम्बु , देबि लावती , लक्ष्मी लिम्बु , कुसिला लिम्बुलाई चयन गरेको नवनिर्बाचित महासचिव मन्जु खुदाङ ले जानकारी दिनुभयो । कार्यक्रमको प्रविधिक रुपमा सम्पन्न गर्न शङ्खर पोख्रेलले गर्नुभएको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *