कोरोनासाइप्रस न्युज

ओमिक्रोन भेरियन्टका कारण यी देशबाट साइप्रस आउन प्रतिबन्ध

शेयर गर्नुहोस्
समिम मियाँ  / २८ नोभेम्बर २०२१

युरोप भरि कोरोना भाइरसको संक्रमण बढ्दै गएको बेला दक्षिण अफ्रिकामा अर्को खतरनाक भेरियन्ट पाइए पछि भारत,हङ्गकंग र युरोप सहित  साइप्रसले पनि अफ्रिका को ८ ओटा देश माथि यात्रा प्रतिबन्ध लगाएको छ।

शुक्रबार देखि लागु हुने गरि सो प्रतिबन्ध लगाइएको हो। कुनै पनि व्याक्ति  पछिल्लो १४ दिनमा यी आठ देशमा बसेको भए वा सो देश को कुनै पनि भू भाग हुदै यात्रा वा ट्राञ्जिट गरेको भए साइप्रस प्रवेशमा प्रतिवन्ध लगाइएको स्वास्थ्य मंत्रीले जनाएका छन्।

यदपि युरोपेली नागरिक , साइप्रसका नागरिक र पीआर पाएका तेस्रो देशका नागरिकमा भने यो प्रतिबन्ध लागु नहुने बताइएको छ। प्रतिबन्ध लागु नहुने नागरिकले भने  आफ्नै खर्च मा १० दिनको होटेल क्वारेन्टाइन र पिसिआर टेस्ट गर्नु पर्नेछ।

दक्षिण अफ्रिका, नाम्बिया, लेसोथो, एस्वातीनि, ज़िम्वाब्बे, मोज़म्बिकु, मलावी र बोट्स्वाना मा अहिले फेला परेको कोभिड को नयाँ किसिम को नाम ओमिक्रोन राखिएको छ। हाल सम्म कोभिड १९ को भाइरस ले ३० पटक आफ्नो स्वरुप परिवर्तन गरि सकेको छ।

हाल सम्म देखिको मध्य यो अत्यन्त खतरनाक मानिएको छ किनकि यो भाइरसलाई कोरोना खोप ले पनि असर गर्दैन। यो भेरियन्ट प्रतिरक्षा शक्ति संग बच्न सक्ने बताइएको छ।

X1 nepali mini market nicosia

हाल सम्म साइप्रसमा यसको कुनै पनि मामिला देखिएको छैन तर पनि जनस्वास्थ्य को सुरक्षा सतर्कताको लागि यी उपायहरु अवलम्बन युरोपियन कमिसनको सिफारिसमा गरिएको हो।

नयाँ भेरियनट का बिरामी फेला परेका  देश इजरायल र हंगकंगबाट आउने यात्रु लाई कडा निगरानी मा क्वारेन्टाइन मा राखिएको छ।

अहिले फेला परेको ओमिक्रोन प्रति विश्व चिन्तित बनेको छ। किनकि यस भेरियन्ट भित्र ३० म्युटेण्ट पाइएको छ।

यस अघि खतरनाक मानिएको डेल्टा भेरियन्ट भित्र जम्मा २ म्युटेण्ट पाइएको थियो।  जसको संक्रमण बाट भारत, बेलायत र चीनमा  हजारौ नागरिक को मृत्यु भएको थियो भने लाखौ संक्रमित भएका थिए।

विश्व स्वास्थ्य संगठनले नयाँ भेरियनट बारे अध्ययन  गर्न अझै केहि हप्ता लाग्ने बताएको छ।  अहिले सम्म ५९ जनामा मात्र यो भेरियन्ट का बिरामी पाइएका छन्।

केहि हप्ता पछि मात्रै थाहा हुने छ कि महामारी को चपेटा मा परेको विश्व लाई यो भेरियन्ट अर्को चुनौतिपुर्ण  साबित हुन्छ कि हुदैन।

साइप्रसमा केहि हप्ता देखि कोरोना को संक्रमण बढ्दो छ।  हिजो शनिवार ५३५ जनामा संक्रमण पाइएको थियो भने १ को मृत्यु भएको थियो।

यो पनि पढ्नुहोस् : टर्की हुँदै ग्रीस छिर्ने क्रममा ७ जना आप्रवासीको सवारी दुर्घटनामा मृत्यु (अपडेट )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।