साइप्रस न्युज

नेपाली युवतीलाई अफ्रिकाको डान्सबारमा बेच्ने तस्करलाई ३० वर्षको जेल सजाय

शेयर गर्नुहोस्

काठमाडौं । नेपाली युवतीहरुलाई अफ्रिकाको डान्सबारमा लगेर बेच्ने क्यानडाका तस्करलाई ३० वर्षको जेल सजाय सुनाइएको छ ।

केन्याको एक अदालतले नेपाली युवतीहरुको तस्कीरी गरेको पुष्टि भएपछि उक्त फैसला गरेको हो । क्यानडियन व्यापारी असिफ अमिराली अलिभाई जेठा नामका ती व्यक्तिलाई नेपाली युवतीहरुलाई अफ्रिकाको डान्सबारमा लगेर बेचेको पुष्टि भएको थियो ।

उक्त पुष्टि भने मुम्बासाको अदालतले पुष्टि गरेको थियो । उनले १२ नेपाली महिलाहरुलाइ तस्कर गरी अफ्रिका पुर्याएको अदालतले पुष्टि गरेको थियो ।

अदालतले उनलाई मानव तस्करी, तस्करीको प्रवर्धन र यात्रा सम्वन्धी कागजपत्र परिवर्तन गरेकोमा दोषी देखाएको छ । वर्क पर्मिटबिना विदेशीलाई काममा लगाएको भन्दै उनलाई ११ लाख स्थानीय मुद्रासमेत जारिवाना गर्ने अदालतले फैसला गरेको छ ।

X1 nepali mini market nicosia

केहि वर्ष अगाडी डान्सबारमा काम गर्न दक्षिणअफ्रिका पुर्‍याइएका तीन नेपाली युवतीको उद्धार गरिएको थियो।

अफ्रिकी देश मालवीमा भारतीय नागरिकले सन्चालन गरेको डान्सबारमा काम गर्न लगिएका तीन नेपाली युवतीको उद्धार गरिएको थियो।

प्रहरीको अन्तर्राष्ट्रिय सन्जाल- इन्टरपोलको सहकार्यमा ती नेपाली युवतीहरुलाई नेपाल ल्याइएको थियो।  स्थानीय प्रहरीले डान्सबार सन्चालक भारतीय नागरिक अस्लाम अदाम सकरानीलाई पनि पक्राउ गरेको थियो ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “नेपाली युवतीलाई अफ्रिकाको डान्सबारमा बेच्ने तस्करलाई ३० वर्षको जेल सजाय

Leave a Reply

Your email address will not be published. Required fields are marked *