कोरोना

ओमिक्रोन भेरियन्टका कारण विदेशीका लागि १४ दिन बन्द रहनेछ इजरायल

शेयर गर्नुहोस्

कोरोना भाइरसको नयाँ भेरियन्टको खतरालाई मध्यनजर गर्र्दै संसारका विभिन्न देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध यात्रा गरेको छ तर इजरायल एक कदम अघि बढ्दै सबै विदेशीमाथि १४ दिनको यात्रा प्रतिबन्ध लगाएको छ ।
इजरायलले १४ दिनका लागि विदेशीलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाउने भएको छ ।

स्थानिय मिडियाका रिपोर्ट अनुसार कोरोना संक्रमणलाई बढ्नबाट रोक्नका लागि इजरायलले यो प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

मन्त्रीमण्डलको मञ्जुरीपछि आइतबार मध्यरातदेखि यो प्रतिबन्ध प्रभावकारी हुने आशा गरिएको छ ।
इजराइलमा अहिलेसम्म यो नयाँ भेरियन्टका एकजना पनि संक्रमित भेटिएको छैन ।

यद्यपि, दक्षिण अफ्रिकाले नयाँ भेरियन्टबारे संसारलाई जानकारी दिएकोमा आफ्नो प्रशंसा गर्नुको साटो प्रतिबन्ध लगाएर दण्डित गरिएको भन्दै दुखेसो पोखेको छ ।

विश्व स्वास्थ्य संगठनले यो नयाँ भेरियन्ट चिन्ताको विषय भएको बताएको छ ।

यद्यपि, डब्ल्यूएचओले हतारमा यात्रा प्रतिबन्ध लगाउने देशलाई वैज्ञानिक दृष्टिकोण राख्न आग्रह गरेको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन निकै संक्रामक रहेको मानिएको छ। यसअघि फैलिएको डेल्टा भेरियन्टभन्दा यो पाँच गुणा संक्रमण बढी संक्रामक रहेको वैज्ञानिकहरूको दाबी छ।

साइप्रस पनि अहिले अलर्ट मा बसेको छ। केहि हप्ता देखि कोरोना को संक्रमण बडे संगै यो नयाँ भेरीयन्त साइप्रस को लागि चुनौती बन्न सक्ने चिन्ता छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।