देश विदेश

कतार एयरवेजमा यात्रा गर्दा करोडपति बन्न पाइने मौका (अवश्य हेर्नुस्)

शेयर गर्नुहोस्

दोहा – कतार एयरवेज र हमाद इन्टरनेशनल एयरपोर्टको नयाँ अभियान ‘फ्लाई एण्ड विन’ ले अवार्ड विजेता एयरलाइनमार्फत उडान भर्ने यात्रुका लागि अमेरिकी डलर मिलेनियर बन्ने अवसर अघि सारेको छ। त्यस्तै कतार एक्जेक्युटिभ प्राइभेट जेटमा माल्दिभ्सको जीवनकै अभूतपूर्व यात्रा अनुभव वा ब्राण्ड न्यू पोर्श कार चढ्ने अवसर प्रदान गर्ने भएको छ।

र्‍याफलमा प्रवेश पाउन यात्रु, कतार एयरवेजको लोयल्टी प्रोग्राम, प्रिभलेज क्लवमा समावेश भएको हुनुपर्ने शर्त राखिएको छ। स्काइट्रयाक्सद्वारा हालै विश्वको उत्कृष्ट विमानस्थलको पदवी प्रदान गरिएको हमाद इन्टरनेशनल एयरपोर्टमार्फत एयरलाइनको विस्तारित सञ्जालमध्ये कुनै स्थानमा उडान भरेको हुनुपर्नेछ।

यो योजनामा नेपाल,  भारत, पाकिस्तान, बंगालादेश लगायत Belgium, Croatia, Czech Republic, France, United Kingdom, Norway, Romania, Spain, Denmark, Sweden, Ukraine, Georgia, United Arab Emirates, Jordan, Armenia, Azerbaijan, Iraq, Indonesia, Singapore, Malaysia, , Maldives, South Africa, Djibouti, Nigeria, Rwanda, Uganda, Kenya, Tanzania, Ghana, Somalia, Sudan, Zimbabwe, Zambia and New Zealand देशका नागरिक ले भाग लिन पाउनेछन

कतारएयरवेजडटकम वा ट्राभल एजेन्सीमार्फत १ नोभेम्बरदेखि ३१ जनवरी २०२२ सम्म खरिद गरी प्रयोग भएका हरेक टिकटमार्फत यात्रुले कुनै न कुनै एक उपहार जित्नेछन्। शर्तहरु लागु हुने उपहारहरुमा युएसडी एक मिलियन, आवास व्यवस्थासहित माल्दिभ्स यात्राका लागि कतार एक्जेक्युटिभका साथमा प्राइभेट जेट अनुभव र एउटा नयाँ पोर्श कार रहेका छन्।

दुनियाको जुन सुकै कुनामा पुग्न हवाई टिकट को लागि विश्वाशिलो को लागि तल को नम्बरमा सम्पर्क गर्नुहोला।

 

यी आकर्षक उपहारहरुका साथ, कतार एयरवेजमार्फत उडान भर्न केही शर्तहरु थपिएका छन्। विश्वकै उत्कृष्ट एयरलाइन र विश्वकै उत्कृष्ट विमानस्थलका रुपमा भोट गरिएका दुवै एयरलाइन र एयरपोर्टलाई महामारीको समयमा यात्रु तथा कर्मचारीको सुरक्षार्थ अपनाएका जैविक सुरक्षाका प्रयासहरुको पहिचान गर्दै स्काइट्रयाक्सद्वारा फाइभ स्टार कोभिड सेफ्टी रेटिङ्ग पनि प्रदान गरिएको छ।

अहिले कतारएयरवेज डटकम/विनमा दर्ता भएकामध्ये हरेक उपहारका लागि एकजनाको छनोट तथा घोषणा सन् २०२२ फेब्रुअरीमा गरिने कतार एअरवेजले जनाएको छ।

बहुसंख्यक अवार्ड विजेता एयरलाइन कतार एयरवेजलाई अन्तर्राष्ट्रिय हवाई यातायात मूल्यांकन संगठन, स्काइट्रयाक्सले वर्ल्डस् बेस्ट विजनेस क्लास, वर्ल्डस् बेस्ट विजनेस क्लास एयरलाइन लाउन्ज, वर्ल्डस् बेस्ट विजनेस क्लास एयरलाइन सिट, वर्ल्डस् बेस्ट बिजनेस क्लास अनबोर्ड क्याटरिङ र बेष्ट एयरलाइन इन मिडल इस्ट गरी पाँच विभिन्न अवार्डका साथै ‘एयरलाइन अफ द इयर’ पनि घोषणा गरिएको थियो।

अभूतपूर्व छैठौँ पटक मुख्य पुरस्कार हात पार्दै (सन् २०११, २०१२, २०१५, २०१७, २०१९ र हाल २०२१) एयरलाइनले उद्योगकै शीर्ष स्थानमा एकछत्र छाप छोड्न सफल भएको छ।

एयरलाइनको हबका रुपमा परिचित, हमाद इन्टरनेशनल एयरपोर्ट (एचआईए) लाई पनि स्काइट्रयाक्स वर्ल्ड एयरपोर्ट अवार्ड २०२१ मार्फत शीर्ष स्थानमा राख्दै हालसालै ‘बेष्ट एयरपोर्ट इन दि वर्ल्ड’ को उपाधि प्रदान गरिएको छ।

स्काइट्रयाक्समार्फत सम्मानित फाइभ–स्टार कोभिड–१९ एयरलाइन सेफ्टी रेटिङ प्राप्त गर्ने कतार एयरवेज एयरलाइन विश्वकै पहिलो ग्लोबल एयरलाइन हो। त्यसैगरी हमाद इन्टरनेशनल एयरपोर्टले (एचआईए) मिडल इस्ट र एसियामै स्काइट्रयाक्स फाइभ–स्टार कोभिड–१९ एयरपोर्ट सेफ्टी रेटिङ प्राप्त गर्ने पहिलो विमानस्थल बन्न सफल भएको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।