कोरोना

आज बाट लागु भयो सरकारको नयाँ नियम

शेयर गर्नुहोस्

पछिल्लो केहि हप्ता देखि बढ्दो कोरोना संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले साइप्रस सरकारले गत बुधबार  विभिन्न नियम सार्वजनिक गरेको छ।  रास्ट्रपति निकोस अनाष्टसियादेश को अध्यक्षतामा बसेको मंत्रीपरिषद को बैठक पछि स्वास्थ्य मंत्री मिखालिस हाड्जिपान्तेलास मन्त्रीपरिषद को निर्णय सार्वजनिक  गरेका हुन्।

नयाँ नियम आज  देखि डिसेम्बर ३१ तारिख शुक्रबार सम्म लागु रहने स्वास्थ्य मंत्री मिखालिस हाड्जिपान्तेलास ले बताउनु भयो।

आज देखि ६ वर्ष माथि का सबैलाई मास्क अनिवार्य गरिएको छ भने ६ देखि ११ वर्षका बच्चाका लागि  पनि सेफपास अनिवार्य गरिएको छ।

यो निर्णय विरुद्द आज देश भरका अभिभावकहरु ले बिरोध गरेका छन्। “नो मास्क, नो भ्याकसिन” लेखिएको प्ले कार्ड सहित बिरोध जनाएका हुन्।

आगामी १५ डिसेम्बर देखि इन्डोर र आउटडोर स्टेडियम, थियटर, एम्पिथियटर, सिनेमाहाल, सोरुम र नाइटक्लबहरु साथै डिस्को, डान्स क्लब र रेस्टुरेन्टहरुमा प्रवेश गर्न   कम्तिमा पहिलो डोज को कोरोना विरुद्ध  को खोप लगाएका  १२ वर्ष माथि का हुनु पर्ने  बताइएको छ।

कोरोना विरुद को दुवै डोज खोप लगाएको सात महिना बिति सकेका र तेस्रो बुस्टर डोज नलगाउने व्याक्ति को सेफपास खारेज हुने सरकारले निर्णय गरेको छ।

बुस्टर खोप ३० वर्ष भन्दा माथिकाले लगाउन पाउनेछन तर बुस्टर खोप को लागि भ्याकसिन पोर्टल मा दर्ता गर्नु पर्ने छ।

NEpali-mini-market-nicosia-cyprus-ads

साथै, नोभेम्बर २९ तारिख देखि  सबै स्कुल मा हुने क्रिसमस समारोहहरु भने स्थगित गरिने छ भने अन्य संस्थाले गर्ने क्रिसमस समारोहको लागि स्वास्थ्य मन्त्रालयको अनुमति लिनु पर्ने निर्णय सरकारले गरेको छ।

त्यस्तै, १४ वर्ष माथिका सबै नागरिकको  सेफपास (भ्यालिडिति) वैध  छ कि छैन भनेर कोभस्क्यान एप मार्फत जहाँ पनि चेक गर्न सकिने छ।

स्वास्थ्य मंत्रीका अनुसार डिसेम्बर १  सम्म १८ वर्ष माथिका खोप नलगाएका व्याक्तिले  ७२ घण्टा समय भएको पिसिआर रिपोर्ट वा ४८ घण्टा मान्यता भएको र्यापिड टेस्ट को प्रमाणलाई सेफपास को रुपमा पेश गर्नु पर्ने बताइएको छ।

भाइरसको संक्रमण देखिएको इलाकामा भने स्वास्थ्य मन्त्रालयको मोबाइल युनिटले र्यापिड टेस्ट गर्नेछ। साथै, प्राथमिक स्कुलका विधार्थीहरु ले नोभेम्बर २९ देखि क्रिसमस को विदा नहुन्जेल हरेक हप्ता र्यापिड टेस्ट गर्नु पर्ने छ, जसका लागि सरकारले मोबाइल युनिट खटाउने छ।

साथै, डिसेम्बर १३ देखि कोरोना टेस्ट किट मार्फत आफैले टेस्ट गर्न सक्नेछन्। यदि सेल्फ टेस्टमा नतिजा कोरोना पोजेटिभ आए पिसिआर टेस्ट गरेर पुस्टि गराउनु पर्ने बताइएको छ।

निर्णय सार्वजनिक गर्दै मंत्री हाड्जिपान्तेलासले जीवन सामान्य अवस्थामा फर्काउने  खोप मात्र एक विकल्प भएको बताउनु भयो।

यो पनि पढ्नुहोस् : ओमिक्रोन भेरियन्टका कारण विदेशीका लागि १४ दिन बन्द रहनेछ इजरायल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।