साइप्रस न्युज

साइप्रसका २ एयरपोर्टमा दैनिक पाँच हजार यात्रुको पिसिआर परिक्षण

शेयर गर्नुहोस्

७ डिसेम्बर २०२१/ लिमासोल

सरकारले  हिजो बाट लागु गरेको  नयाँ नियम पछि साइप्रसका दुइ मुख्य अन्तराष्ट्रिय विमानस्थलमा दैनिक रुपमा करिब पांच हजार यात्रुले पिसिआर परिक्षण गराएको एयरपोर्ट संचालक कम्पनि हर्मेसले जानकारी दिएको छ।

साइप्रस आगमन गर्ने सबै यात्रुले अनिवार्य पिसिआर गर्नै पर्ने बाध्यात्मक नियमका कारण लार्नाका र पापोस एयरपोर्टमा ७ ओटा परिक्षण काउन्टर बनाइएको छ।

हवाई जहाज बाट उत्रिने बितिकै यात्रुको पिसिआर परिक्षण गर्न सहज बनाउन लार्नाका एयरपोर्ट मा १ अपाङ्ग मैत्री काउन्टर सहित ४ र पापोस मा ३ ओटा काउण्टरको  व्यवस्था मिलाइएको एयरपोर्टका प्रवक्ताले बताए।

कोरोना परिक्षण मा लाग्ने १५ युरो चार्ज सम्बन्धित यात्रुले नै भुक्तानी गर्नु पर्ने छ।  परिक्षण संगसंगै यात्रु को फ्लाइट पास पनि चेक गरिने छ। केहि देश बाट आउने यात्रुले फ्लाइटपास मा उपलब्ध गराएको पिसिआर टेस्टको रिपोर्ट पनि माग गर्न सकिने बताइएको छ।

साइप्रस आउने यात्रुलाई फ्लाइटपास को वेबसाइट मा हुने अपडेट बारे हेरिरहन सुझाव दिइएको छ।

अब १८ वर्ष माथिका सबैलाई बुस्टर डोज

डिसेम्बर ८ देखि १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिने सरकारले निर्णय गरेको छ।  बुस्टर डोज को लागि भ्याकसिनेशन पोर्टल खुला गरिएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार पुर्ण खोप लगाएका  व्याक्तिहरुको ६ महिना को समय नाघेको भए मात्र बुस्टर खोप लगाउन सक्नेछन्।

फ़ाइजर, मोडेर्ना र अस्ट्राजेनेका को २ खोप लगाएका र जोन्सन एण्ड जोन्सन को भ्याकसिन लगाएका  व्याक्तिहरुको ६ महिना को समय नाघेको भए मात्र बुस्टर खोप लगाउन सक्नेछन्।

भ्याकसिनेशन पोर्टल मा अपोइण्टमेन्ट लिएर वा वाक इन सेन्टर मा गएर पनि बुस्टर डोज लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुहोस् : साइप्रसमा २ रुसी महिलाको गोलि हानि हत्या, अपराधी पक्राउ

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।