कोरोनासाइप्रस न्युज

साइप्रसमा पहिलो पटक भेटियो ३ जनामा ओमिक्रोन भेरीयन्ट

शेयर गर्नुहोस्

१२ डिसेम्बर २०२१/ लिमासोल 

साइप्रसमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरीयन्ट ओमिक्रोन को संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  मन्त्रालयले  शुक्रबार ३ जनामा ओमिक्रोन को संक्रमण पुष्टी भएको जानकारी दिएको हो।

ओमिक्रोन को संक्रमण भेटिएका ३ जना नै सिप्रियोट हुन् भने उनीहरु लिमासोलबासि हुन् ।  उनीहरु हालै विदेश घुमेर फर्किएका विधार्थीहरु हुन्।  रिपोर्टका अनुसार उनीहरु ३ जना नै साइप्रस आगमन हुँदा गरिएको पिसिआर टेस्ट मा नेगेटिभ पाइएका थिए।

तर केहि दिन पछी नै कोरोनाको लक्षण देखिन थाले पछि परिक्षण गराउदा पोजेटिभ देखिएका थिए।

इन्स्टिच्युट अफ न्युरोलोजी एण्ड जेनेटिक्स ले सो नमुनाको   “जिन सिङ्क ” गर्दा ओमिक्रोन भेरीयन्ट भएको  पुष्टी भएको हो।

साइप्रस मा सतर्कता 

साइप्रस आगमन गर्ने सबै यात्रुले अनिवार्य पिसिआर गर्नै पर्ने बाध्यात्मक नियमका कारण लार्नाका र पापोस एयरपोर्टमा ७ ओटा परिक्षण काउन्टर बनाइएको छ।

NEpali-mini-market-nicosia-cyprus-ads

हवाई जहाज बाट उत्रिने बितिकै यात्रुको पिसिआर परिक्षण गर्न सहज बनाउन लार्नाका एयरपोर्ट मा १ अपाङ्ग मैत्री काउन्टर सहित ४ र पापोस मा ३ ओटा काउण्टरको  व्यवस्था मिलाइएको एयरपोर्टका प्रवक्ताले बताए।

कोरोना परिक्षण मा लाग्ने १५ युरो चार्ज सम्बन्धित यात्रुले नै भुक्तानी गर्नु पर्ने छ।  परिक्षण संगसंगै यात्रु को फ्लाइट पास पनि चेक गरिने छ। केहि देश बाट आउने यात्रुले फ्लाइटपास मा उपलब्ध गराएको पिसिआर टेस्टको रिपोर्ट पनि माग गर्न सकिने बताइएको छ।

साइप्रस आउने यात्रुलाई फ्लाइटपास को वेबसाइट मा हुने अपडेट बारे हेरिरहन सुझाव दिइएको छ।

ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको थियो । नोभेम्बर ९ गते (२३ कात्तिक) मा संकलित नमुनामा यो भेरियन्ट पुष्टि भएको र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले २३ नोभेम्बरमा विश्व समुदायलाई यसबारे जानकारी गराएको थियो ।

हालसम्म ३५ मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेका छन् । दक्षिण एसियामा नेपालसहित भारत र श्रीलंकामा भेटिएका छन् । एसियामा हङकङ, जापान, मलेसिया र दक्षिण कोरियामा समेत ओमिक्रोनका संक्रमित फेला परेका छन् । इजरायल, साउदी अरब र संयुक्त अरब इमिरेट्समा पनि ओमिक्रोन फैलिएको छ ।

नयाँ ओमिक्रोन भेरियन्ट फेला परेका मुलुकमध्ये युरोपमा धेरै छन् । अष्ट्रिया, बेल्जियम, चेक गणतन्त्र, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, आइसल्याण्ड, इटली, आयरल्याण्ड, नेदरल्याण्ड, पोर्चुगल, स्पेन, स्विडेन, स्वीट्जरल्याण्ड र बेलायत गरी १७ युरोपेली मुलुकमा ओमिक्रोन फैलिएको छ ।

यसबाहेक, अष्ट्रेलिया, अमेरिका र क्यानाडामा पनि नयाँ भेरियन्टका संक्रमित फेला परेका छन् । अष्ट्रेलियामा समुदाय स्तरमा फैलिन थालेको आशंका गरिएको छ ।

नाइजेरिया, बोत्स्वाना र दक्षिण अफ्रिकामा पनि यसका संक्रमित फेला परेका छन् । यही भेरियन्टका कारण दक्षिण अफ्रिकामा कोभिड–१९ को चौथो लहर शुरु भएको त्यहाँका अधिकारीले बताइसकेका छन् ।

विश्वभर सतर्कता

ओमिक्रोनका कारण विश्वभर सतर्कता अपनाउन थालिएको छ । कैयौं मुलुकले अन्तर्राष्ट्रिय यात्रामाथि कडाइ गर्न थालेका छन् ।

जापान र इजरायलले विदेशी यात्रुमाथि पूर्ण प्रतिबन्ध लगाएका छन् । हालसम्म १५ राज्यमा ओमिक्रोन फैलिएको अमेरिकामा यात्रासम्बन्धी कडा नियम घोषणा गरिएको छ ।

डब्ल्यूएचओले भने ‘वैज्ञानिक आधार’मा मात्रै अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्ध लगाउनुपर्ने बताएको छ । ‘ओमिक्रोन भेरियन्टका कारण अझै पनि केही मुलुकले दक्षिण अफ्रिकी क्षेत्रबाट हुने सिधा उडानमाथि प्रतिबन्ध लगाउने कार्य निराशाजनक छ’, आइतबार डब्ल्यूएचओका महानिर्देशक ट्रेड्रोस एडानोम गेब्रेएससले भनेका छन् ।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।