साइप्रस न्युज

फार्मेसीहरुले नक्कली कोभिड पोजेटिभ रिपोर्ट बनाएको गुनासो

शेयर गर्नुहोस्

१५ डिसेम्बर २०२१/ लार्नाका 

साइप्रसका केहि फार्मेसीले नक्कली कोभिड १९  पोजेटिभ रिपोर्ट बनाएको भनि गुनासो प्राप्त भएको  स्वास्थ्य मन्त्रालयले बताएको छ। मन्त्रालयले यस विसयमा ध्यानाकर्षण भएको बताउदै यस्तो कार्य गर्ने फार्मेसीलाई कारवाही गर्ने चेतावनी दिएको छ।

स्वास्थ्य मंत्री मिखालिस हाड्जीपान्तेलसले  र्र्यापिड टेस्ट गर्ने अनुमति पाएका फार्मेसीमा कोभिड प्रोटोकोलमा  कडाइ गर्न साइप्रस फार्मासुतीकल एसोसियसनलाई निर्देशन दिए।

साथै, फार्मेसीमा कोभिड परिक्षण गर्न आउने व्याक्तिको नुमना परिक्षण गरिने र सो नमुना को रिपोर्ट गलत भएको प्रमाणित भए सो फार्मेसीले र्र्यापिड टेस्ट गर्ने अनुमति गुमाउनुका साथै कारवाही समेत भोग्न पर्ने   मंत्री हाड्जीपान्तेलसले चेतावनी दिए।

फार्मास्युटिकल एसोसिएशन की प्रमुख एलेनी पियरा संग स्थानीय मिडियाले प्रतिक्रिया लिदा यस्तो गुनासो बारे आफु लाई कुनै पनि जानकारी नभएको बताइन।  साथै, यस विषयमा आधिकारिक जानकारी नआएकोले तत्काल केहि भन्न नसक्ने उनले बताइन।

सरकारको नीति अनुसार  प्राइभेट फार्मेसीले पनि र्यापिड कोरोना टेस्ट गर्न पाउने नियम छ। अहिले  दैनिक रुपमा पचास हजार भन्दा बढी कोभिड टेस्ट प्राइभेट फार्मेसीले गर्दै आएका छन्।

हिजो दिनभरीमा साइप्रस भरि असि हजार नौ सय पचासी टेस्ट गरिदा ६६२ मा कोरोना पोजेटिभ पाइएको थियो। कोरोना कहर सुरु भए देखि हाल सम्म एक लाख बयालीस हजार दुइ सय अठ्ठाइस जना संक्रमित भै सकेका छन्। आजको साइप्रस-मेल मा खबर छ।

यो पनि पढ्नुहोस् : नेपालमा कोभिड खोप लगाई सकेकाले साइप्रसमा सेफ पास कसरी बनाउने ??

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।