कोरोना

साइप्रसमा थप नयाँ नियम, खोप नलगाउनेलाई कडाइ

शेयर गर्नुहोस्

१७ डिसेम्बर २०२१/ लार्नाका

सरकारले खोप नलगाउनेलाई कडाइ गर्न विभिन्न नियम लागु गरेको छ।  हालै लागु भएको नयाँ नियममा भ्याक्सिन लगाएको वा कोभिड टेस्ट को रिपोर्ट बोक्नेले कहाँ जान पाउने/नपाउने बारे  स्वास्थ्य मन्त्रालयले स्पस्ट पारेको छ।

डिसेम्बर १५ देखि लागु भएको नियम अनुसार  भ्याक्सिन नलगाएका व्याक्तिले विवाह, ब्रतबन्ध लगायतका सामाजिक समारोहमा सहभागी हुन पाउने छैनन्।  साथै,  इन्डोर वा आउटडोर खेलकुद ग्राउण्ड, थियटर, सिनेमा, एम्पिथ्यटर, नाइट क्लब, डान्स क्लब, रेस्टुरेन्ट, होटेल र मल भित्र रहेका यस्ता स्थानमा प्रवेश निषेध गरिएको छ।

१२ वर्ष भन्दा माथिका व्याक्तिले  यी स्थानमामा प्रवेश पाउनको लागि कम्तिमा एक डोज को खोप लगाएको हुनु पर्ने साथसाथै र्यापिड वा पिसिआर टेस्टको नेगेटिभ रिपोर्ट पनि देखाउनु पर्ने बताइएको छ।

पछिल्लो ६ महिना मा कोरोना पोजेटिभ भै निको भएका र बुस्टर खोप लगाई सकेकाले भने र्यापिड वा पिसिआर टेस्टको नेगेटिभ रिपोर्ट देखाउन नपर्ने बताइएको छ।

साइप्रसमा अहिले कोरोना संक्रमण दैनिक ५०० भन्दा बढी भेटिरहेका छन्।  नयाँ भेरियन्ट ओमिक्रोन को ३ जना बिरामी मात्र साइप्रसमा भेटिएका छन्।

यो पनि पढ्नुहोस् :नेपालमा कोभिड खोप लगाई सकेकाले साइप्रसमा सेफ पास कसरी बनाउने ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।