कोरोनासाइप्रस न्युज

कोभिड खोपको विकल्प: एन्टी कोभिड चक्की साइप्रसमा छिटै उपलब्ध हुने

शेयर गर्नुहोस्

१७ डिसेम्बर २०२१/ लार्नाका

फाइजर कम्पनीले उत्पादन गरेको कोभिड विरुद्धको “पेक्स्लोभिड” नामको चक्की साइप्रसमा छिटै उपलब्ध हुने फार्मासुटिकल सर्भिस कि डाइरेक्टर इलिना पानायातुपुलुले बताउनु भएको छ ।

युरोपियन मेडिसिन एजेन्सीले एन्टी कोभिड चक्की लाई आपतकालिन रुपमा प्रयोग गर्न स्वीकृति दिए पछी डाइरेक्टर पानायातुपुलुले सो कुरा बताउनु भएको हो ।

उहाँका अनुसार तेजी संग फैलिरहेको ओमिक्रोन भेरीयन्ट, कोभिड १९ को संक्रमणदर र मृत्युदरमा युरोपियन युनियन देश भित्रको अत्याधिक वृद्धिको कारण  युरोपियन मेडिसिन एजेन्सीले एन्टी कोभिड चक्की लाई आपतकालिन रुपमा प्रयोग गर्न स्वीकृति दिएको हो ।

युरोपियन मेडिसिन एजेन्सीले पूर्ण रुपमा स्वीकृत नगरेको भए पनि युरोपियन युनियन भित्रका देशले फाइजर को सो चक्कि प्रयोग गर्न सक्ने भनि सुझाव दिएको छ।

कोभिडका कारण गम्भीर रुपमा ग्रसित हुन सक्ने बिरामीलाई पाँच दिन सम्म वा लक्षण देखिएको पांच दिन भित्र “पेक्स्लोभिड”  चक्की प्रयोग गर्न  सुझाइएको छ तर  अक्सिजन लिएर उपचार गराई रहेका बिरामीको लागि भने “पेक्स्लोभिड प्रयोग नगर्न भनिएको छ ।

यो  हप्ता फाइजर कम्पनीले सार्वजनिक गरेको डाटा अनुसार फाइजरको चक्की ९० % प्रभावशाली रहेको देखिएको छ । उच्च-जोखिम भएका बिरामीको मृत्यु र हस्पिटल भर्ना रोक्न चक्कीले ९०% काम गर्ने डाटाले देखाएको छ।  साथै, ल्याबको रिपोर्ट अनुसार अहिले तेजी संग फैलिएको ओमिक्रोन भेरियन्ट संग लड्न प्रभावशाली देखिएको छ ।

गत नोभेम्बरमा, युरोपियन युनियनले अमेरिकन कम्पनी मर्क  ले उत्पादन गरेको एन्टी-बडी मा आधारित  “मोलनुपिरवीर” चक्की प्रयोग गर्न स्वीकृति दिएको थियो ।  कोरोनाको लक्षण देखिएको पांच दिन भित्र वयस्क व्यक्तिलाई उपचार्थ दिन मिल्ने बताइएको थियो। साथै, अक्सिजन दिन आवश्यकता नपरेका र विभिन्न रोग ग्रसित बिरामीको अवस्था खराब नहुनेलाई मात्र सो चक्की दिन सुझाव दिएइको थियो ।

युरोपियन युनियनले  २ कम्पनी मर्क र फाइजर संग चक्की खरिद गर्ने बारे अझै छलफल गरिरहेको छ।

यो समाचार आजको साइप्रस मेल मा प्रकाशित छ।

यो पनि पढ्नुहोस् : फार्मेसीहरुले नक्कली कोभिड पोजेटिभ रिपोर्ट बनाएको गुनासो

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।