साइप्रस न्युज

इल्लिगल भएर बस्ने हाउसमेड सहित २२ वर्षीय युवा पक्राउ

शेयर गर्नुहोस्

१७ डिसेम्बर २०२१/ लार्नाका

इल्लिगल भएर बस्ने २ जना लाई पापोसबाट प्रहरीले पक्राउ गरेको छ।  गत आइतबार राति ३२ वर्षीय महिला र २२ वर्षीय पुरुषलाई पापोस  प्रहरीले पक्राउ गरि डिपोर्ट को तयारी गरेको छ।

घरेलु कामदारको रुपमा २०१८ मा साइप्रस आएकी सो महिलाको को भिसा मार्च २०२१ मै सकिए पनि नवीकरण नगरी गैर कानुनी रुपमा बस्दै आएको पापोस प्रहरीका उपप्रमुख मिखलिस इवान्युले बताए ।  साथै  पक्राउ परेकी महिलालाई अहिले हिरासतमा राखि डिपोर्ट गर्ने तयारी भै रहेको जानकारी दिए ।

पक्राउ परेकी महिला कुन देश कि नागरिक हुन् बारे खुलाइएको छैन ।उनीलाई पापोस को एरोस्किपू बाट गत आइतबार साँझ करिब ९.३० बजे पक्राउ गरिएको थियो  ।

प्रहरीले परिचयपत्र माग गर्दा देखाउन नसके पछी पक्राउ गरि थप जानकारी निकाल्दा उनि इल्लिगल भै बसेको थाहा भएको थियो ।
अप्रिल २०२१ मा असाइलम फेल भए पछि पनि घर फिर्ता नगई गैर कानुनी रुपमा बस्दै आएको देखिएको प्रहरीले जनाएको छ ।
उनलाई अहिले पापोस सेन्ट्रल पुलिस स्टेसन मा राखिएको छ । उनि कुन देश कि नागरिक हुन् बारे खुलाइएको छैन ।
साइप्रसमा असाइलमको लागि आवेदन दिनेको संख्या अत्याधिक छ।अहिले पनि ठुलो संख्या मा असाइलम आवेदनहरुको फैसला आइ सकेको छैन । सरकारले असाइलम र रिफ्युजीलाई कम गर्ने प्रयास गर्दै छ भने युरोपियन युनियन संग पनि मदद मागेको छ ।

यो पनि पढ्नुहोस् : साइप्रसमा शरणार्थी र असाइलम सिकर  लागि महत्वपुर्ण जानकारी

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।