साइप्रस न्युज

अब साइप्रसबाट नेपाल जानेले ७/७ दिन होटल र होम क्वारेन्टिन बस्नु पर्ने UPDATE

शेयर गर्नुहोस्
समिम मियाँ
१७ डिसेम्बर २०२१/ लार्नाका

साइप्रस सहित अन्य ६७ देश बाट नेपाल फर्किने यात्रुले अब ७ दिन होटेल क्वारेन्टाइन बसेर पुन: होम क्वारेन्टाइन बस्नु पर्ने भएको छ।

आज बसेको मंत्रीपरिषद को बैठकले निर्णय गर्दै कोरोना भाइरस को नयाँ भेरियंत ओमिक्रोन को क्रमिक रुपमा फैलिएकोले सोको रोकथामको लागि ६७ देश बाट आगमन हुने यात्रुले आफ्नै खर्च मा क्वारेन्टिन बस्नु पर्ने भएको हो ।

यात्रुले आफ्नो खर्च मा सात दिन होटेल क्वारेन्टाइन बसी कोभिड १९ को पिसिआर परिक्षण गरेर नेगेटिभ आएको खण्ड मा थप ७ दिन होम क्वारेन्टाइन बस्नु पर्ने बाध्यात्मक निर्णय गरिएको छ।

सातौ दिन को परिक्षण मा नतिजा पोजेटिभ आएका व्याक्तिलाई तोकिएको आइसोलेसन केन्द्र वा अस्पताल पठाइने अध्यागमन विभाग ले जारी गरेको सुचनामा भनिएको छ ।

UPDATE : BREAKING NEWS लागू नहुँदै स्थगित भयो नेपाल जाँदा ७ दिन होटल क्यारेन्टिन बस्नुपर्ने नियम

अन्य यात्रु हरुको आवागमनको हक मा भने विभाग बाट २०७८ असोज ८ र मङ्सिर १६ गते को सूचना बमोजिम हुने बताइएको छ ।
यो निर्णयले साइप्रस बाट फर्किने श्रमिक र विधार्थी प्रत्यक्ष्य मारमा पर्ने निश्चित छ । साइप्रस मा अधिकांस नेपाली घरेलु कामदारको रुपमा भित्रिएका छन् जसमध्य केहि प्रतिशत विधार्थी र केहि बेकरी, होटेल तथा कृषि पेशामा आएका छन् ।

न्यून तलबमा श्रम बेच्ने घरेलु कामदार र विधार्थीले अहिले पनि नेपाल फर्किदा चर्को हवाई भाडा तिर्दै आउनु परेको छ । यो निर्णयले छुट्टी जाने तयारि मा रहेका नेपाली श्रमिकको के हुन्छ थाहा छैन ।

साइप्रसमा अधिकांस नेपालीले कोरोना विरुद्धको खोप लगाई सकेका छन् । यस्तो अवस्थामा नेपाल सरकारको यो निर्णय स्पस्ट छैन ।
कोभिड खोप लगाएकाको हक मा ७ दिन होम क्वारेन्टाइन बस्नु व्यावहारिक हुन सक्छ।

ओमिक्रोंन संक्रमित देश मा पछिल्लो १४ दिन मा रहेका वा सो बाटो हुदै यात्रा गरेका जो कोहिलाई  साइप्रस सरकारले पनि पूर्ण खोप लगाएका नागरिकको हकमा होम क्वारेन्टाइन राख्ने गर्दछ।

कुन देश बाट फर्किनेले क्वारेन्टाइन बस्नु पर्छ ?

यो पनि पढ्नुहोस् : मौसम चेतावनी : ‘कारमेल’आंधी साइप्रसमा आउदै, भारी वर्षा, चट्याङ,तेज हावा र हिमपात हुने

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।