साइप्रस न्युज

लागू नहुँदै स्थगित भयो नेपाल जाँदा ७ दिन होटल क्यारेन्टिन बस्नुपर्ने नियम

शेयर गर्नुहोस्
१८ डिसेम्बर २०२१/ लार्नाका

६७ देशबाट नेपाल आउदा ७ दिने होटल क्वारेन्टिन अनिवार्य गर्नेगरि जारी गरिएको नेपाल प्रवेशसम्बन्धी निर्णय र निर्देशन अर्को सूचना नआउँदासम्मका लागि स्थगन गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को मंसिर १३ गतेको निर्णय अनुसार १५ दिने अध्ययन निष्कर्षबाट जारी गरिएको नेपाल प्रवेशसम्बन्धी सूचनालाई थप परिस्कृत र परिमार्जन गर्नुपर्ने देखिएपछि तत्काललाई स्थगन गरिएको नेपालस्थित अध्यागमन विभागले जानकारी दिएको हो ।

लागू नहुँदै स्थगन गर्नुपरेको यो नियमनले अध्यागमन विभाग, सीसीएमसी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययनको विश्वसनियतामै प्रश्न उब्जाएको छ । यी निकायका विज्ञहरुको क्षमतामाथी समेत प्रश्न उठाउन थालिएको छ ।

अध्यागमन विभागले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै साइप्रस, अमेरिका, मलेसिया लगायतका धेरैवटा युरोपेली मुलुकसहित ६७ देशबाट नेपाल आउनेहरूले आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने जानकारी गराएको थियो ।

नयाँ व्यवस्था अनुसार ७ दिन होटल क्वारेन्टिन बसिसकेपछि कोरोना परीक्षण गराउनुपर्नेछ । रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वारेन्टिन बस्नुपर्नेछ । तर नतिजा पोजिटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेसन केन्द्र वा अस्पताल पठाइने भनिएको थियो ।

तर पूर्ण खोप लगाएका यात्रुहरुको हकमा के गर्ने, अन्य मुलुकबाट ट्रान्जिट भएर आउनेको हकमा के गर्ने ? संक्रमणको जोखिम कम भएका मुलुकमाथी समेत क्वारेन्टिनको नियम लागू गर्दा अन्तर्राष्ट्रिय समूदायमा नकारात्मक शन्देष जाने भनेर परिमार्जन गर्न लागिएको बताइएको छ ।

अब सोमबार सीसीएमसी बैठक बसेर नेपाल प्रवेशसम्बन्धी नयाँ सूचना जारी गरिने बतनाइएको छ ।

नयाँ भेरिएन्ट ओमिक्रोन अमेरिका, बेलायत, युरोप तथा एसिया लगायतका देशहरुमा तिब्र बनेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त मुलुकको पहिचान गरी ६७ देशका यात्रुको नेपाल आगमनमा कडाई गर्ने निर्णय गरेको थियो ।

नयाँ सूचनामा यो नियममा परिमार्जन हुने देखिएको छ ।

यो पनि पढ्नुहोस् : मौसम चेतावनी : ‘कारमेल’आंधी साइप्रसमा आउदै, भारी वर्षा, चट्याङ,तेज हावा र हिमपात हुने

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।