कोरोना

थप २८ जनामा ओमिक्रोन भेटियो, ६९५ जनामा कोरोना संक्रमण

शेयर गर्नुहोस्

समिम मियाँ

१८ डिसेम्बर २०२१ / लार्नाका

स्वास्थ्य मन्त्रालयले ६९५ जनामा कोरोना संक्रमण  भएको जानकारी दिदै २८ जनामा नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको पुष्टी गरेको छ। कोरोनाका कारण शुक्रबार पनि एक जनाको मृत्यु भएको छ।

साइप्रसमा नै पहिलो पटक फेला परेको ५ जना ओमिक्रोंन संक्रमित बिरामीको सम्पर्कमा आएका अन्य २० जनामा पनि ओमिक्रोन पुष्टी भएको हो। स्कटल्याण्डको शैक्षिक भ्रमण बाट फर्केका मध्य  ५ जना विधार्थीमा पहिलो पटक ओमिक्रोन देखिएको थियो।

ति बिस जना मध्ये १० विधार्थी, १ शिक्षक र ९ जना परिवारका सदस्य रहेकेको स्वास्थ्य मन्त्रालयले बताएको छ। अन्य ८ जना को बारे कुनै जानकारी दिईएको छैन यदपि सबैलाई अहिले क्यारेण्टाइन मा राखिएको छ।

युरोप भरि संक्रमण बढ्दै गर्दा साइप्रस पनि कोरोनाको चपेटामा परेको छ।  करिब ८५% लाई खोप लगाई सकेको तथ्यांक देखिए पनि सक्रमित हुने ७० % बिरामीले खोप लगाएकै छैनन्।

गत वर्ष मार्च देखि हाल सम्म ६१७ ले ज्यान गुमाए भने एक लाख चौवालिस हजार दुइ सय पाँच जनामा संक्रमण पुष्टी भै सकेको छ।

हिजो पनि सरकारी निशुल्क टेस्ट  साइट बाट २३,५२३ को परिक्षण गर्दा १११ जनामा संक्रमण देखियो।  त्यस्तै, प्राइभेट फार्मेसी र ल्याबले गरेको ४८,१७८ टेस्ट मा पनि २९२ जनामा कोभिड पोजेटिभ पाइयो।

सरकारी हस्पिटल ल्याबबाट ३ जना , पापोस र लार्नाका एयरपोर्ट मा ५,२१० जनाको नमुना टेस्ट गर्दा चालिस जनामा संक्रमण पुष्टी भएको छ।३३४५ जनाले व्याक्तिगत रुपमा टेस्ट गराएका मध्य १०५ जनामा पनि कोरोना पोजेटिभ पाइएको थियो।

अहिले देश भरिका हस्पिटल मा ५७ जना बिरामी गम्भीर अवस्थामा उपचाररत छन्।

यो पनि पढ्नुहोस् : लागू नहुँदै स्थगित भयो नेपाल जाँदा ७ दिन होटल क्यारेन्टिन बस्नुपर्ने नियम

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।