साइप्रस न्युज

साइप्रसमा इल्लिगल बसेका २५८ जना भियतनामीलाई स्वदेश फिर्ता

शेयर गर्नुहोस्

१८ डिसेम्बर २०२१ / लार्नाका

साइप्रसबाट २५८ जना भियतनामी नागरिकलाई देश फिर्ता गराइदिएको छ।  शुक्रबार एक विशेष उडान मार्फत २५८ जनालाई नै भियतनाम फिर्ता पठाईएको हो।  स्थानिय मिडियाका अनुसार ति सबै साइप्रसमा  गैर कानुनी रुपमा बसेका थिए। प्रहरी हिरासतमा रहेका २१६ लाई डिपोर्ट गर्ने आदेश अनुसार स्वदेश फिर्ता गरिएको थियो भने अन्य ४२ जना स्व-इच्छाले फ़र्किएको स्थानिय मिडियाले जनाएका छन्।

साइप्रसको अन्तरिक मन्त्रालय, परराष्ट्र मन्त्रालय, इमिग्रेसन डिपार्टमेन्ट, प्रहरी र भियतनाम सरकारको सम्वन्यमा उनीहरुलाई पठाईएको हो।

देश फिर्ता पठाउन सम्वन्य गर्ने भियतनाम दुतावास र भियतनाम का कन्सुलर लाई साइप्रस सरकारले धन्यवाद व्यक्त गरेको छ।

“तेस्रो देशहरूसँग द्विपक्षीय सम्झौताहरू र फ्रन्टेक्स जस्ता अन्तर्राष्ट्रिय र युरोपेली संस्थाहरूसँग साइप्रसको सहयोगलाई सुदृढ गर्दै, हामी अधिकतम प्रतिफल दिने प्रयास गरिरहेका छौं,”  सरकार द्वारा जारी विज्ञप्तिमा भनिएको छ।

आन्तरिक मन्त्रालयले निकट भविष्यमा नयाँ स्वैच्छिक उडानहरू गर्ने योजना रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

गत सेप्टेम्बरमा सरकारले पारिवारिक पुनर्मिलनको लागि स्वैच्छिक रुपममा स्वदेश फर्कन चाहने व्याक्तिका लागि बनाइएको घर फिर्ती कार्यक्रमलाई  थप प्रोत्साहन गर्न नयाँ योजना सार्वजनिक गरेको थियो।

स्वैच्छिक घर फिर्ती कार्यक्रमलाई आर्थिक सहयोग सहित सार्वजनिक गरिएको नयाँ योजना आगामी डिसेम्बर ३१ तारिख सम्म रहने बताइएको छ।

घर फर्किन चाहने तेस्रो देश का नागरिक ले हवाई टिकट सहित आर्थिक सहयोग गर्ने बताएको छ।  देशको क्याटेगोरी  अनुसारको आर्थिक सहयोग ५०० देखि १५०० युरो सम्म हुने बताइएको छ।

यो पनि पढ्नुहोस् : नेपाल फर्किन चाहनेलाई साइप्रस सरकारले १ हजार युरो नगद सहित हवाई टिकट दिने

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।