कोरोना

कोभिडका कारण आज एक को मृत्यु ८८३ मा संक्रमण पुष्टी

शेयर गर्नुहोस्
२२ डिसेम्बर २०२१ / सोतिरा

कोरोना संक्रमणका कारण साइप्रसमा आज फेरी एक जना को मृत्यु भएको छ भने थप ८८३ जनामा कोभिड पोजेटिभ देखिएको छ ।

क्रिसमसको पुर्व सन्ध्यामा संक्रमण मा आएको अत्याधिक वृद्धिले जनमानसमा त्रास उत्पन्न गरेको छ । आज देश भरमा  एक लाख तिन हजार जनाको कोरोना परिक्षण गरिएको थियो ।

संक्रमण मा आएको वृद्धिले हस्पिटल भर्ना हुने बिरामी को संख्या पनि बढ्दो देखिएको छ ।

अहिले देश भरिका हस्पिटलमा १७२ जना बिरामी भर्ना भएका छन् जसमध्य ६४ को गम्भीर अवस्थामा छन् ।

गत वर्ष मार्च देखि अहिले सम्म एक लाख सर्चालिस हजार छ सय पचासी  जना संक्रमित भै सकेका छन् । तेस्तै ६२४ जनाले ज्यान गुमाउनु परेको छ ।

हस्पिटल मा भर्ना भएका बिरामी मध्य १३४ जना भ्याक्सिन नलगाएका बिरामी हुन् ।

४९ जना पापोस र लार्नाका एयरपोर्ट मा गरिएको टेस्टबाट फेला परेका हुन् भने १५१ जना पहिलै संक्रमित बिरामी को “क्लोज कन्ट्याक्ट ” मा आएका व्याक्ति हुन् ।

व्याक्तिगत रुपमा चेक गराउने ३५६० जनाको  नमुना जांच गरिदा १५६ जनामा कोरोना पोजेटिभ को रिपोर्ट आएको थियो ।

सरकारी टेस्ट कार्यक्रम अन्तर्गत सैतिस हजार टेस्ट गरिदा १६३ जना र प्राइभेट ल्याब र फार्मेसीले छपन्न हजार दुइ सय टेस्ट गरेको मध्ये ३५२ को रिपोर्ट पोजेटिभ आएको थियो ।

यो पनि पढ्नुहोस् : क्रिसमस मा नयाँ नियम, कहाँ जान के के गर्न पर्छ ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।