देश विदेश

मलेसियामा ९ नेपालीसहित ३१ विदेशी पक्राउ,

शेयर गर्नुहोस्

पुस ८, काठमाडौँ | मलेसियामा बाढीको आपतकालीन अवस्थामा लुटपाटमा संलग्न भएको आरोपमा ९ नेपालीसहित ३१ विदेशी नागरिक पक्राउ परेका छन् । मलेसियामा यसै हप्ता आएको बाढीले त्यहाँको धेरै भाग डुवानमा परेको थियोे ।

त्यसै बेला स्थशाहआलमको तमनश्री मुडामा रहेको सुपरमार्केट तोडफोड भएको थियोे । त्यसमा संलग्न रहेको आशंकामा ९ नेपाली सहित ३१ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा १० जना इन्डोनेसियाली, ९ जना नेपाली, ७ जना बंगलादेशी र पाँच म्यानमारका नागरिक छन् । उनीहरूलाई मलेसियाको दण्डसंहिताको धारा ४५७ अन्तर्गत मुद्दा चलाउन अनुसन्धान भइरहेको बताइएको छ ।

आपतकालीन अवस्थामा चोरी तथा लुटपाटमा संलग्न हुनेलाई मलेसियामा कडा सजाय दिइने व्यवस्था रहेको बताइएको छ ।

 

यो पनि पढ्नुहोस् : पसलेलाई अंकल भनेपछि युवतीमाथि निर्घात कुटपिट

भारतस्थित उत्तराखण्डको उधम सिंह नगरको कोतवालीमा यस्तो घटना सार्वजनिक भएको छ, जहाँ अंकल भनेर सम्बोधन गरेकै कारण एक पसलेले युवतीमाथि निर्घात कुटपिट गरेका छन्।

कुटपिटबाट गम्भीर घाइते युवतीलाई अस्पतालमा भर्ना गरिएको छ भने उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

घटना सितारगञ्जको हो। युवतीले पसलेलाई अंकल भनि बोलाएकै कारण उनीमाथि निर्घात कुटपिट भएको प्रहरीले जनाएको छ। युवतीले उक्त पसलबाट ब्याडमिन्टन किनेकी थिइन्।

त्यसमा खराबी देखिएपछि उनी साट्न पसल गइन् र भनिन्, ‘अंकल, यसमा केही खराबी छ। मलाई अर्को दिनुस् न।’ उनले यति के भनेकी थिइन् पसलेले अंकल भनेकै रिसमा उनीमाथि कुटपिट गर्न सुरु गरे

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।