साइप्रस न्युज

होसियार ! आफ्नो सेफपास अरुलाई प्रयोग गर्न दिनु भा’छ ? पक्राउ पर्नु होला नि

शेयर गर्नुहोस्

२३ डिसेम्बर २०२१/ पारालिम्नी

सेफपास नभएकाले पसल जान वा अन्य कतै जानु पर्दा सेफपास छैन भने तपाइँ संग मदद मागेको भएर तपाइँ ले आफ्नो सेफपास अरुलाई प्रयोग गर्न दिनु भा’छ भने होसियार।  प्रहरीद्वारा  पक्राउ पर्नु होला नि।

अन्य व्याक्तिको सेफ पास प्रयोग गरेको पाइएपछि प्रहरीले एक व्याक्तिलाई पक्राउ गरेको छ।  लिमासोल मा २७ वर्षीय युवकलाई चेकिङ्गको दौरान पक्राउ परेका हुन्। आफ्नो पास प्रयोग गर्न दिने व्याक्ति पनि पक्राउ परेका छन्

सो व्याक्तिले अर्कै व्याक्तिको सेफ पास देखाएर पसल गएका थिए।  पसल बाट निस्किदा प्रहरीले सेफपास र आइडी माग्दा उनले एलियन पेपर  पनि देखाए ।

प्रहरीले थप केरकार गर्दा उनले  झुट बोलेको साबित भयो ।

आफु संग सेफ पास नभएकोले अर्कै व्याक्ति संग सेफ पासको फोटो लिएर हिडेको बताए . प्रहरीले उनलाई नक्कल गरेको आरोप र कोभिड ऐन तोडेको अपराध मा पक्राउ गरेको हो ।

आफ्नो सेफपास अरुलाई प्रयोग गर्ने दिने व्याक्तिले कोरोना विरुद्दको  दुइ डोज खोप पुरा गरि सकेका देखिएको छ . दोस्रो व्याक्तिलाई  पनि खोजि गरि पक्राउ गरिएको स्थानीय मिडियाले खबर प्रकाशित गरेका छन्।

अहिले सरकारले लगाएको नियम अनुसार दोस्रो डोज पुरा भै सात महिना पुगेका व्याक्ति को सेफपास क्यानसिल गरिदिएको छ।  अब तेस्रो डोज नलगाए सम्म नयाँ सेफपास बनाउन नमिल्ने नियम बनाइएको छ।

साथै, २२ डिसेम्बर बाट लागु नियम अनुसार, अब देखि  कोरोना पोजेटिभ भै निको भएकाको   सेफ पास बनाउने समय सिमा परिवर्तन गरिएको छ।

पछिल्लो ६ महिना भित्र कोरोना पोजेटिभ भै निको भएको भए सेफ पास बनाउन सकिन्थियो भने अहिले ३ महिना भित्र मा पोजेटिभ आएका को मात्र सेफ पास बनाउन सकिनेछ।

साइप्रसमा अनलाइन सेफ्पास कसरि बनाउने यहाँ हेर्नुहोस्।

नेपाल मा खोप लगाएकाले सेफपास कसरी बनाउने बारे पढ्न यो लिंक मा क्लिक गर्नुहोस। 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “होसियार ! आफ्नो सेफपास अरुलाई प्रयोग गर्न दिनु भा’छ ? पक्राउ पर्नु होला नि

Comments are closed.