साइप्रस न्युज

एक दिन मै करिब दुइ हजार मा कोरोना संक्रमण

शेयर गर्नुहोस्
समिम मियाँ
२७ डिसेम्बर २०२१/ पारालिम्नी

साइप्रसमा एकैदिन मा करिब दुइ हजार कोरोना को संक्रमण फेला परेको छ।  सोमबार दिन भरि देशभरी गरिएको एक लाख एक्काइस हजार कोभिड टेस्ट बाट १९२५ जनामा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

कोरोना संक्रमण मै कारण सोमबार फेरी २ जना वृद्धले ज्यान गुमाएका छन् , ७८ र ७९ का वृद्धवृद्धाले ज्यान गएको हो।  यो संगै साइप्रसमा मृत्यु हुनेको संख्या ६३० पुगेको छ।  हस्पिटल मा भर्ना भै उपचार गराई रहेका १६१ जना बिरामी कोरोना का बिरामी छन् जसमध्य ७८ जनाको अवस्था गम्भीर छ।

हस्पितल भर्ना हुने मध्य असि प्रतिशत बिरामीले कोरोना विरुद्धको खोप लगाएका छैनन्।

कोरोना संक्रमितको निकट सम्पर्कमा आएका मध्य १६४ जना पोजेटिभ देखिएका छन्।  साथै, एयरपोर्टबाट लिएको ५६२६ नमुना बाट ४४ जना, व्याक्तिगत रुपमा पिसिआर गराउने ४४६२ मध्य ३८८, प्राइभेट ल्याब र फार्मेसीले गरेको ८०,४०७  र्यापिड टेस्ट बाट ९२६ जना, सरकारी र्यापिड टेस्ट अभियान मा २७,८०३ मध्य ३८४ र अन्य बाट १९ जना पोजेटिभ पाइएका छन्।

यो संख्या अझै बड्न सक्ने सम्भावना रहेको महामारी विशेषज्ञले अनुमान गरेका छन्।

 

यो पनि पढ्नुहोस : साइप्रसबाट फर्किएका व्याक्तिलाई साइप्रसको पुलिस रिपोर्ट चाहिए के गर्ने ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।