कोरोना

आज तीन हजारमा कोरोना संक्रमण, मंत्रीपरिषदको आकस्मिक बैठक

शेयर गर्नुहोस्

२९ डिसेम्बर २०२१ / पारालिम्नी

क्रिसमस सकिए लगतै साइप्रसमा  कोरोना संक्रमण दैनिक हजार माथि पुगेको छ।   आज तेस्रो दिन बुधबार पनि संक्रमितको संख्या तिन हजार पुगेको छ। पछिल्लो २४ घन्टामा देश भरि मा 118,894 को र्यापिड र पिसिआर टेस्ट गरिएको थियो।

स्वास्थ्य मंत्रालयले दिएको जानकारी अनुसार कोरोनाका कारण आज पांच जना को मृत्यु भएको छ भने ३,००२ जना मा कोरोना पुष्टी भएको छ।  मृत्यु हुनेमा २ वृद्ध र ३ जना वृद्धा रहेका छन्। कोरोनाका कारण  हाल सम्म ६३५ जना को मृत्यु भै सकेको छ भने एक लाख सन्ताउन्न  हजार भन्दा बढी मा संक्रमण भै सकेको छ।

अहिले देश भरिका हस्पिटलमा एक सय चौहत्तर जना कोभिड  बिरामी भर्ना छन् जसमध्य ८४ जनाको अवस्था गम्भीर रहेको छ।

प्राइभेट फार्मेसी र ल्यावमा गरिएको टेस्ट बाट १३७९ जनामा कोभिड पोजेटिभ पाइएको छ भने एक सय छ जना कोभिड संक्रमित लार्नाका र पापोस एयरपोर्ट मा फेला परेका छन्। ६७४ जना भने नि:शुल्क सरकारी टेस्ट अभियान अन्तर्गतमा भेटिएका हुन्।

कोरोना बढे पछि केहि बेर अघि मंत्रीपरिषद को आकस्मिक बैठक बसेको छ। कार्यवाहक राष्ट्रपति अन्निता डिमित्रीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय सार्वजनिक भै सकेको छैन।

आज बस्ने बैठकले थप  नियम घोषणा हुने अनुमान गरिएको छ।

यो पनि पढ्नुहोस  :भोलि बिहिबार देखि थप नयाँ नियम लागु हुदैँ, के छ नयाँ नियममा ? 

यो पनि पढ्नुहोस् : साइप्रसमा कोरोना डरलाग्दो गरि बढ्यो, के फेरी हुन्छ त लकडाउन ?

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “आज तीन हजारमा कोरोना संक्रमण, मंत्रीपरिषदको आकस्मिक बैठक

Comments are closed.