संघसंस्था गतिविधिसाइप्रस न्युज

नेपाल तामाङ घेदुङ साइप्रसको पहिलो त्रैमासिक बैठक सम्पन्न

शेयर गर्नुहोस्

निकोसिया , साईप्रस । नेपाल तामाङ घेदुङ साइप्रसको दुईवर्षिय नीति योजना २०२० र २०२२ को मध्यावधी मूल्याङ्कन र एकवर्षिय कार्य योजना २०२१ को समीक्षा गरि दोश्रो दुईवर्षिय रणनीतिक योजनाको परिमार्जन सहित बाँकी अवधीको कार्य योजना अन्तर्गत पहिलो त्रैमासिक बैठक सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ साईप्रसकी अध्यक्ष लक्ष्मी ब्लोनको अध्यक्षतामा भएको बैठकमा तामाङ घेदुङको अगमी कार्यक्रमहरु लगाएतका विभिन्न विषयमा छलफल गरिएको कार्यवाहक महासचिव निर्मला थिङ तामाङले जानकारी दिनुभयो । बैठकमा सस्थापक अध्यक्ष , सल्लाहकार लगाएत सबै पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस्