कोरोनासाइप्रस न्युज

साइप्रस कोरोना अपडेट: आज ३८५१ मा कोरोना पुष्टी, एकको ज्यान गयो

शेयर गर्नुहोस्
समिम मियाँ
३० डिसेम्बर २०२१/ पारालिम्नी

साइप्रसमा पछिल्लो २४ घण्टा मा कोरोना संक्रमण ३८५१ मा पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चार दिन देखि लगातार कोरोना को संक्रमणमा अत्याधिक वृद्धि आइरहेको  छ।

कोरोना लागेर आज पनि एक जना को मृत्यु भएको छ भने एक सय अठहत्तर जना कोरोनाका बिरामी हस्पिटल भर्ना  भएका छन्। भर्ना हुने मध्य ८५  प्रतिशत बिरामीले खोप लगाएका छैनन्।  भर्ना भएका बिरामी मध्य ८४ जना को अवस्था गम्भीर छ।

मृत्यु हुनेमा ९५ वर्षिया वृद्धा रहेका छन्। कोरोनाका कारण  हाल सम्म ६३५  जनाको मृत्यु भै सकेको छ।

आज देश भरिमा एकलाख चौध हजार सात सय त्रिचालिस जनाको र्यापिड र पिसिआर टेस्ट गरिएको थियो। कोरोना को लहर सुरु भए यता हाल सम्म एक लाख सन्ताउन्न  हजार भन्दा बढी मा संक्रमण भै सकेको छ।

‘कन्ट्याक्ट ट्रेसिङ्ग’ बाट लिइएको १५३६ नमुना मध्य २८१ मा कोरोना पोजेटिभ पाइएको छ भने दुइ एयरपोर्ट बाट लिएको  ५७४९ जनाको नुमनाबाट ८५ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ।

त्यस्तै,व्याक्तिगत रुपमा पिसिआर गराउने ६६३७ नमुना मध्य ८०६ जना, जेनेरल हस्पिटल र ल्याब बाट ३३ जना, प्राइभेट ल्याब र फार्मेसी ले गरेको अढसत्ठी हजार चार सय चालिस र्यापिड टेस्ट मध्य अठार सय अठार जनामा कोरोना पोजेटिभ पुष्टी भएको हो।

सरकारी र्यापिड टेस्ट अभियान अन्तर्गत गरिएको ३१,८८८ टेस्ट मध्य ८२७ मा संक्रमण देखिएको छ भने डाक्टरको सिफारिसमा गरिएकोटेस्ट मा एक जनामा कोभिड १९ देखिएको हो।

यो पनि पढ्नुहोस   बिहिबार देखि थप नयाँ नियम लागु, के छ नयाँ नियममा ? 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।