साइप्रस न्युज

बुधबार घोषणा हुन सक्छ कडा नियम, हिडडुलमा लाग्न सक्छ प्रतिबन्ध

शेयर गर्नुहोस्

समिम मियाँ

३१ डिसेम्बर २०२१/ पारालिम्नी

बितेको चार दिनको अन्तरालमा बार्ह हजार भन्दा बढीमा कोरोना संक्रमण भेटिए पछि सरकारले  कडा कदम उठाउने संकेत गरेको छ। कोरोनाको तिव्र संक्रमण रोक्न आगामी बुधबार केहि घोषणा हुन सक्नेछ।

सम्भवत हिंडडुल गर्न प्रतिबन्ध लाग्न सक्ने सम्भावना बढी छ।  पहिलेका लकडाउनमा गरिने एसएमएस सिस्टम पुन: लागु गरिन सक्ने अनुमान छ।

लकडाउन ले देश को अर्थतन्त्र र सामाजिक गतिविधि मा असर पार्ने भएकोले सरकारले यस पटक भने लकडाउन नगर्ने तर अर्थतन्त्र चलायमान हुने किसिमको योजना अघि सार्ने देखिएको छ।

स्वास्थ्य मंत्री मिखालिस हाड्जिपेंतालिसको स्वास्थ्य विज्ञ संग आगामी मंगलबार बैठक हुदैछ जसमा स्वास्थ्य विज्ञको सुझावलाई स्वास्थ्य मन्त्रीले भोलिपल्ट बुधबार मंत्री परिषदको बैठकमा अन्तिम निर्णयको लागि प्रश्ताव पेश गर्नेछन्।

जनवरी ६ तारिख देखि सम्भवत हिंडडुल गर्न समेत  प्रतिबन्ध लाग्न सक्ने नियम घोषणा हुने संकेत मंत्री मिखालिसले दीइ सकेका छन्।

सरकारले कुनै पनि निर्णय लिनु अघि जनस्वास्थ्य र स्वास्थ्य प्रणालीलाई सुरक्षित राख्ने सुनिश्चितता गर्न र आर्थिक गतिविधि चलायमान राख्न तर्फ ध्यान दिने सरकारका प्रवक्ताले बताएका छन्।

शुक्रबार देशभरीमा सर्वाधिक र्यापिड र पिसिआर टेस्ट गरिएको छ।  आज एक लाख उनान्सत्तरी हजार चार सय छयहत्तर जनाको रेकर्डतोड टेस्ट गरिएको  स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ भने  साइप्रसमा आज दिनभरी गरिएको टेस्टबाट पांच हजार अढचालिस जनामा कोरोना संक्रमण पुष्टी भएको हो।

अहिले हस्पिटलमा १८० जना भर्ना छन् जसमध्य ७९ को अवस्था गम्भीर छ।

स्वास्थ्य मन्त्रालयका अनुसार भर्ना हुने पचासी प्रतिसत विरामी खोप नलगाएका व्याक्ति हुन्।  खोप लगाउदा कोरोना संक्रमण भए पनि अस्पताल नै भर्ना हुने अवस्था कम रहने तथ्यांकले देखाएको छ।

सरकारले खोप लगाउन बारम्बार अनुरोध गरिरहेको छ भने खोप नलगाउने प्रति कडा रवैया देखाउन थालेको छ।  दुइ डोज खोप लगाएका व्याक्ति को ७ महिना समय पुरा भएको भए बुस्टर डोज लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “बुधबार घोषणा हुन सक्छ कडा नियम, हिडडुलमा लाग्न सक्छ प्रतिबन्ध

Comments are closed.