कोरोनासाइप्रस न्युज

साइप्रस :कोरोनाको नयाँ रेकर्ड, आज 5457 मा संक्रमण, पाँच को मृत्यु

शेयर गर्नुहोस्

समिम मियाँ

४ जनवरी २०२२/ पारालिम्नी

कोरोना संक्रमणले आज पनि नयाँ रेकर्ड कायम गर्दै आफ्नो फैलावट बढाएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज पांच हजार चार सय सन्ताउन्न जनामा कोरोना संक्रमण भेटिएको हो। साथै, संक्रमण कै  कारण आज पाँच जनाले ज्यान गुमाउनु परेको छ।  हाल सम्म कोरोना संक्रमणका कारण ४१० पुरुष र २३६ महिला गरि ६४६ जनाको ज्यान गइ सकेको छ।

संक्रमणको फैलावट बडे संग अस्पताल भर्ना हुने को संख्या पनि बढेको छ। देश भरिका  अस्पतालमा अहिले २०९ बिरामी भर्ना भएका छन् जसमध्य १६३ जना खोप नै नलगाएका बिरामी हुन।

अस्पताल भर्ना हुने मध्य ७८ को अवस्था गम्भीर रहेको मन्त्रालयले जानकारी दिएको छ।  कोरोनाको बिरामी बढे संगै लार्नाका जेनेरल हस्पिटल मा कोभिड वार्ड मा बेडको संख्या थपिएको छ।

मंगलबार देश भरिमा एक लाख बाइस हजार आठ सय एक को पिसिआर र र्यापिड टेस्ट गरिएको थियो।

नि शुल्क सरकारी टेस्ट कार्यक्रम अन्तर्गत एक हजार सात जनामा कोरोना पोजेटिभ पाइयो भने प्राइभेट फार्मेसी र ल्याब बाट सत्ताइस सय पन्ध्र मा कोरोना पुस्टि भएको हो।

केहि दिन देखि उग्र रुप लिएको कोरोना संक्रमणलाई नियन्त्रणमा लिने विसयमा छलफल गर्न रास्ट्रपति निकोस अनाष्टसियादेश संग महामारी विशेषज्ञको सल्लाहकार टोलि ले भेट गरेको छ।  सो टोलिले स्वास्थ्य मंत्री मिखालिस हाड्जिपेन्तालिस संग पनि छलफल गरि सुझाव पेश गरेको थियो।

बुधबार  हुने मंत्री परिषदको बैठक ले कोरोना नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रस्ताव माथि छलफल गरि आफ्नो अन्तिम निर्णय जारी गर्नेछ।

अहिलेलाई भने सरकारको एजेन्डामा लकडाउन हुने बारे कुनै प्रस्ताव आएको छैन।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।