साइप्रस न्युज

कोरोना बढे पछि आज बाट थप नयाँ नियम, ३७७७ मा कोरोना पुष्टी

शेयर गर्नुहोस्
समिम मियाँ
६ जनवरी २०२२/ पारालिम्नी

क्रिसमसको पुर्व सन्ध्या बाट सुरु भएको कोरोना संक्रमणको संख्या दैनिक पांच हजार नाघी रहेको बेला बिहिबार भने केहि घटेको छ।  इपिपानी दिवस को अवसरमा सार्वजनिक बिदा दिईएको भएर कोरोना टेस्ट कम भएका कारण संक्रमण केहि घटेको देखिएको हो।

बिहिबार देश भरिमा गरिएको सतहत्तर हजार दुइ सय पचपन्न्  पिसिआर र र्यापिड टेस्ट बाट सैतिस सय सतहत्तर जनामा संक्रमण पुष्टी भएको हो।

कोरोना संक्रमण बडे संगै हस्पिटल मा भर्ना हुने कोरोना बिरामी को संख्या दुइ सय पच्चीस छ जामध्य ७३ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अस्पताल भर्ना हुने मध्य अधिकांस कोरोना विरुद्दको खोप नलगाएका व्याक्ति हुन्।  महामारी सुरु भए देखि हाल सम्म ६५० को मृत्यु भै सकेको छ।

कोरोना को तिव्र फैलावट रोक्न बुधबार सरकारले थप नियम लागु गरेको छ।  जनवरी ६ बाट लागु भै जनवरी ३० सम्म यी नियम लागु रहने बताइएको छ।

बिहिबार बाट सेफ पास संग आफ्नो परिचय पत्र( भिसा कार्ड, पासपोर्ट, आइडि, ड्राइभिङ्ग लाइसेन्स आदि) अनिवार्य बोकेर हिड्नु पर्ने छ।  पसल, सुपरमार्केट रेस्टुरेण्ट जस्ता स्थानमा म्यानेजर वा सम्बन्धित व्याक्तिले  सेफ पास संग परिचय पत्र माग गरिएको खण्डमा अनिवार्य देखाउन भनिएको छ।

६ जनवरी बाट नै लागु हुने गरि जारी नियममा कोरोना पोजेटिभ  व्याक्ति को ‘क्लोज कन्ट्याक्ट’ मा रहेका व्याक्तिले  पिसिआर गर्नु को सट्टा तेस्रो र पाँचौ दिनमा  र्यापिड टेस्ट गर्नु पर्ने बताइएको छ। ‘क्लोज कन्ट्याक्ट’ मा रहेका व्याक्तिले कोरोना को तेस्रो डोज पनि लगाई सकेको भए पनि र्यापिड टेस्ट गर्नै पर्ने छ।

वृद्धवृद्धा बस्ने घरका व्याक्तिले घर छोड्न नपाउने वा बाहिर रात बिताउन नपाउने सरकारी निर्णयमा बताइएको छ। साथै, ८ ओटा अफ्रिकी देश का यात्रु माथि लगाइएको यात्रा प्रतिबन्ध पनि हटाइएको छ।

जनवरी ६ बाट नै लागु हुने गरि बनाइएको अर्को नियम अनुसार भने भ्याक्सिन लगाएका वा नलगाएका १२ वर्ष माथिका सबै यात्रुले उडान भन्दा ७२ घण्टा अघिको अनिवार्य  नेगेटिभ पिसिआर रिपोर्ट पेश गर्नु पर्ने बताइएको छ।  यस अघि भने ‘ग्रीन क्याटेगोरि कन्ट्री ‘ का यात्रुले पिसिआर रिपोर्ट देखाउन नपर्ने नियम थियो।  तर केहि दिन पहिला यसै नियम को धज्जिया उडाउदै ‘ग्रीन क्याटेगोरि कन्ट्री ‘ बाट यात्रा गर्ने ७० जना कोभिड पोजेटिभ भएका यात्रुले साइप्रस प्रवेश गरेको पाइएको स्वास्थ्य मन्त्रीले बताएका थिए।

सो घटना पछि साइप्रस आगमन गर्ने सबै यात्रुले अनिवार्य रुपमा एयरपोर्ट मै आफ्नो खर्चमा  पिसिआर टेस्ट गर्नु पर्ने नियम केहि दिन अघि मात्र लागु भएको थियो। तर बिहिबार बाट लागु हुने नियम अनुसार भने एयरपोर्ट मा पिसिआर गर्न नचाहने यात्रुले भने १४ दिन को होटेल क्वारेन्टाइन बसेर पिसिअर टेस्ट पनि आफ्नै खर्च मा गराउने पर्ने बताइएको छ।

जनवरी १० तारिख बाट भने होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेस, म्युजिक हल, विवाह लगायत का समारोह मा पनि अधिकतम २०० जना भन्दा बढी सरिक  हुन नपाउने भनिएको छ।  स्वास्थ्य मापदण्ड र प्रतिव्याक्ति वर्गफिट क्षेत्रफल अनिवार्य लागु गर्नु पर्ने बताइएको छ। सरकारी तथा प्राइभेट स्कुल जाने विधार्थीले ७२ घण्टा वैध भएको र्यापिड टेस्ट रिपोर्ट बोक्नु पर्नेछ।

नियम लागु भए देखि घरमा हुने जमघटमा पनि १२ वर्ष मुनिका बच्चा बाहेक १० जना सम्म मात्र भेला हुन पाइने बताइएको छ।

आंकलन गरिएको जस्तो एसएमएस सिस्टम लागु गर्ने निर्णय भने गरिएको छैन।

सरकारले कपडा को मास्क नलगाई  सर्जिकल मास्क वा एन ९५ मास्क प्रयोग गर्न सुजाव दिएको छ।

यो पनि पढ्नुहोस् : राष्ट्रपति भने साइप्रसमा  हामी फेरी नयाँ लकडाउन चाहदैनौ 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।