संघसंस्था गतिविधिसाइप्रस न्युज

चितवन समाज साईप्रसद्धारा छात्रबृत्ति एवमं शैक्षिक समाग्री वितरण

शेयर गर्नुहोस्

दिनेश गौतम
निकोसिया ,साईप्रस , सारा चितवनबासीहरुको साझा संस्था चितवन सेवा समाज साईप्रसले रत्ननगर नगरपालिका वडा न. १०मा रहेको बैरिया मा.विमा अध्ययनरत अति विपन्न एवमं पिछाडिएका समुदायका ५ जना विद्यार्थीहरुलाई छात्रबृत्ति एवमं शैक्षिक समाग्री वितरण गरेको छ ।

समाजकी अध्यक्ष कबिता भण्डारीका अनुसार चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिती नेपालको समन्वयमा विगत ४ बर्ष देखि छात्रबृत्ति एवमं शैक्षिक समाग्री वितरण गर्दै आईरहेको जानकारी दिनुभयो । उहाका अनुसार यस बर्ष ५ जना विद्यार्थीलाई रु २५००० तथा शैक्षिक समाग्री वितरण गरिएको बताउनु भयो ।

कार्यक्रममा समाजका संरक्षक मुक्ती प्रसाद अधिकारी , समीर केसि , कविता ढकाल, रामबाबु थापा , प्रभा शर्मा , आइतराम बिक ,बहराइनको महासचिव प्रकाश लामिछाने जलगाएत कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो। शैक्षिक समाग्री एवमं छात्रबृत्ति रकम विद्यार्थीहरुको अभिभावकहरुको उपस्थितिमा समाजकी अध्यक्ष कबिता भण्डारीले विद्यालयका प्रधानाध्यापक युवराज शर्मा पौडेलको हातमा हस्तान्तरण गरिएको समाजले आफनो फेसबुक पेजमा उल्लेख गरेको छ ।

शेयर गर्नुहोस्