कोरोनासाइप्रस न्युज

साइप्रसमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ , २५ जना संक्रमित फेला

शेयर गर्नुहोस्

साइप्रसका एक वैज्ञानिकले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको ठानिएको कोभिड-१९ को नयाँ भेरियन्ट पत्ता लगाएका छन् । युनिभर्सिटी अफ साइप्रसमा जीव विज्ञानका प्राध्यापक लियोन्डिअस कोस्ट्रिकिसले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको वर्णशंकर (हाइब्रिड) भेरियन्ट पत्ता लगाएका हुन् ।

शनिबार ब्लूमबर्ग न्युनले लेखेको समाचार अनुसार कोस्ट्रिकिसले नयाँ भेरियन्टको नाम ‘डेल्टाक्रोन’ राखेका छन् । डेल्टा भेरियन्टभित्र ओमिक्रोनको जीन अस्तित्वमा रहेका कारण उक्त नाम राखिएको समाचारमा उल्लेख छ । हालसम्म डेल्टाक्रोनका २५ जना संक्रमित फेला परेका छन् ।

तर यो भेरियन्टले थप मानिसलाई संक्रमित गरे वा नगरेको र यसको असरबारे बताउन हतार हुने कोस्ट्रिकिसले प्रस्ट पारे । ‘यो भेरियन्ट व्याप्त भनेपछि मात्रै बढी संक्रामक छ वा छैन भनेर थाहा पाउने छौं’, उनले भने । ओमिक्रोनले नै डेल्टाक्रोनलाई पछि पार्न सक्ने संभावना रहेको पनि उनको भनाइ छ ।
भाइरसको ट्र्याकिङ गर्दै आएको अन्तर्राष्ट्रिय डाटाबेस जीआईएसएआईडीसमक्ष डेल्टाक्रोनसम्बन्धी विवरण पठाइसकिएको छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।