देश विदेशमनोरंजन

‘द भ्वाइस किड्स’को उपाधि टिम प्रमोदका जेनिश उप्रेतीलाई

शेयर गर्नुहोस्

हिमालय टीभी एचडीबाट प्रशारण भएको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को उपाधि जेनिश उप्रेतीले जितेका छन् । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण हुँदै आएको थियो ।

अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्स’को उपाधि जितेका हुन् । उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाखकोे चेक र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् । जेनिशलाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी र चेक प्रदान गरेका थिए । उपाधि जितेपछि जेनिशले भने–‘मलाई परिवारले एकदमै साथ दिनुभएको छ । मलाई गाइड गर्ने सबै कोचहरुलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु । मैले ममीको सपना पुरा गर्न सकेकोमा गर्व गर्न चाहन्छु । दर्शकलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।’

६ बर्षदेखि १४ बर्षसम्मका बालबालिकाहरुको सहभागीता रहेको योे रियालिटी शोमा कोचको रुपमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए ।

२० भागसम्म चलेको यो शोलाई दर्शकले अत्याधिक माया गरेका थिए । यसैविच, ‘द भ्वाइस किड्स’ सफलतापूर्वक सम्पन्न भएसँगै हिमालय टीभीले ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको अडिसन मंगलबारबाट सुरु हुने जनाएको छ ।

यस्तै, ‘डान्सिङ स्टार्स अफ नेपाल’को दोश्रो सिजन पनि हिमालय टीभीबाट चाडै नै प्रशारण हुने कार्यक्रममा जानकारी दिइयो ।

शेयर गर्नुहोस्