साइप्रस न्युज

वाक इन सेन्टर’मा इच्छा अनुसारको खोप लगाउन पाइने

शेयर गर्नुहोस्
१६ जनवरी २०२२/ पारालिम्नी

कोभिड १९ भाइरस विरुद्दको खोप अभियानलाई  थप प्रभावकारी बनाउने र आम नागरिकलाई प्रदान गरिने सेवालाई अझै सहज बनाउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले इच्छा अनुसारको खोप लगाउन पाइने व्यवस्था गरेको छ।  भोलि सोमबार देखि देश भरिका वाक इन भाक्सिन सेन्टरमा आफुले इछ्याएको खोप लगाउन पाइने व्यवस्था मिलाइएको हो।

देश भरिका वाक इन भाक्सिन सेन्टर गएर  वा इलेक्टोनिक भ्याक्सिन पोर्टल मा अपोइण्टमेन्ट लिएर इच्छा अनुसारको खोप लगाउन पाइने भएको हो।

साइप्रसमा हाल ४ किसिमका कोभिड १९ विरुद्धका खोप उपलब्ध छन्।

अब हरेक सोमबार देश भरिका वाक इन सेन्टरमा मोर्डेना खोप लगाइनेछ भने मंगलबार, बुधबार र बिहिबार भने फ़ाइजर खोप लगाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, हरेक शुक्रबार जोनसन एण्ड जोन्सन खोप र मोडेर्ना खोप लगाउन उपलब्ध हुनेछ।

शनिवार भने मोडेर्ना र फ़ाइजर खोप लगाइने भएको हो।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार एस्ट्राजेनेका खोप लिन भने बुधबारका दिन  वाक इन सेन्टर जान सकिने छ वा अपोइण्टमेन्ट लिएर मात्र जान सकिनेछ।

कोरोना विरुद्ध को लडाइमा नागरिकको सहजता को लागि मन्त्रालयले यो योजना अघि सारेको हो।   देश भरिका वाक इन सेन्टरहरु मा पहिलो, दोस्रो र समय पुगेका नागरिकले बुस्टर खोप लिन सक्नेछन्।

वाक इन सेन्टरहरु बिहान ८ बजे देखि बेलुका ६ बजे सम्म खुला रहन्छ। लाट्सिया हेल्थ सेन्टर र लिनो पेट्रा का वाक इन सेन्टर भने दिउँसो ३ बजे सम्म मात्र खुल्ला रहनेछन्।

वाक इन सेन्टर कहाँ कहाँ छन् ?

Nicoisa:

State Fair A, B, C, D
Latsia Health Centre

Limassol:

“Spyros Kyprianou” Sports Centre A, B, C, D
Linopetra Health Centre
Troodos Hospital, Kyperounda

Larnaca:

Larnaca Port A, B, C, D

Famagusta:

General Hospital

Paphos:

General Hospital

यी सेन्टर भने बिहान ८ देखि बेलुकी ६ बजे सम्म संचालन मा रहनेछन

Nicosia: State Fair A, B, C, D

Limassol  “Spyros Kyprianou” Sports Centre A, B, C, D

Larnaca: Larnaca Port A, B, C, D

Famagusta: General Hospital

Paphos: General Hospital

१२ वर्ष भन्दा माथिका हाल सम्म कोरोना विरुद्धका कुनै खोप नलगाएका, एक डोज लगाई दोस्रो डोज लगाउन बाँकी रहेका ले यस्ता सेन्टरमा आफ्नो भ्याकसिन कार्ड वा परिचय पत्र लिएर सिधै जान सक्नेछन्।  साथै, ४० वर्ष काटेका  बुस्टर डोज लगाउन पर्ने व्याक्ति पनि जान सक्नेछन् यदपि यस्ता व्याक्तिले दोस्रो खोप लगाएको पांच महिना १५ दिन  बितिसकेको हुनु पर्ने बताइएको छ।

स्वास्थ्य सेवा मा कार्यरत, नर्सिङ्ग होम मा कार्यरत कर्मचारी र कमजोर वर्गका व्याक्ति पनि सेन्टर मा खोप लिन जान सक्नेछन।

यो पनि पढ्नुहोस् : साइप्रस आउने नेपाली यसरी ठगिन्छन्, तुहिन्छ सपना…..

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।