प्रवाससाइप्रस न्युज

मृतक शेर्पाको शव परिवारकै सल्लाहमा नेपाल यथासिघ्र पठाउने :- कार्यबाहक राजदुत घिमिरे

शेयर गर्नुहोस्

युरोप , साईप्रस । युरोपियन देश साईप्रसमा एक नेपाली महिला आत्महत्या गरेकी छिन । गत शुक्रबार राती मेसावरी स्ट्रोभोलस निकोसिया सहरमा मृत अवस्थामा फेला परेकी सोलुखुम्बु जिल्ला गोराखानी गाउँकी कान्छि माया शेर्पाले आत्महत्या गरेको खबर आएको नेपाली होनरी कन्सुलेट साईप्रसले जानकारी दिएको छ ।

नेपाली कन्सुलर साईप्रसका प्रमुख डा. रामजिवन पन्जियारका अनुसार मृतक शेर्पाको आधिकारीक रिर्पोट आईनसकेकाले केही दिन कुर्नुपर्ने सबै नेपाली समुदायलाई आग्रह गर्नु भएको छ । आज आईतवार बेलुकि डा. पन्जियारले साईप्रस नेपाल डटकमसगं टेलिफोनमा कुराकानी गर्दै मृतक शेर्पाको पुलिस रिर्पोट , पोष्टमार्टम रिर्पोट साईप्रस सरकारबाट प्राप्त गरे पछि उहाको परिवारको आग्रहमा सकभर छिटो भन्दा छिटो शवलाई नेपाल पठाईने जानकारी दिनुभयो ।

मृतकका परिवारले नेपालको परराष्ट , श्रम तथा रोजगार मान्त्रालय मार्फत जति छिटो निबेदन दिए त्यत्ति छिटो शवलाई नेपाल फर्काउन सजिलो हुने डा. पन्जियारले बताउनु भयो । लगभग पाच बर्ष अघि घरेलु श्रमिकको रुपमा शेर्पा साईप्रस आएको शेर्पा किदुक साईप्रसका प्रतिनिधीहरुले जानकारी दिए ।
यता मृतक शेर्पा साईप्रसमा विभिन्न समाजिक कार्यमा संलग्न रहेको कारणले साईप्रसमा रहेका नेपाली समुदायहरु शोकमा रहेका छन । हरेक बर्ष केही नेपाली श्रमिकहरुले आत्महत्या रोज्नु अत्यन्त दुखद भएको भन्दै मृतकको परिवार , साईप्रसमा रहेका सघंसस्था , नेपाली संचार माध्यम एवमं साईप्रस सरकारको समन्वयमा सक्दो छिटो शव नेपाल पठाउनका लागि आफुहरु भोली सोमवारदेखि नै पहल जारी गरिने साईप्रसका लागि नेपाली राजदुतावास ईजरायलका कार्यबाहक राजदुत अर्जुन घिमिरेले जानकारी दिनुभयो । घिमिरेले आत्महत्या रोज्नु भन्दा समस्यासगं सामना गरि आफनो भविष्यलाई उज्जवल बनाउनका लागि सबैले लाग्नुपर्ने सुझाव दिनुभयो ।

उता साईप्रसको राजधानी निकोसियामा रहेको बौद्ध गुम्बामा मृतकका साथिभाई संगै शेर्पा किदुक साइप्रसका पधाधिकारिहरुले मृतकको नाममा बत्ती बाल्नुका साथै शोक प्रार्थना कार्यक्रम सम्पन्न गरेको आफनो अफिसियल फेसबुक पेजमा उल्लेख गरेको छ ।

शेयर गर्नुहोस्