प्रवास

युएईमा नेपाली युवती र इन्डियन युवा बीच शारीरिक सम्बन्ध ! पछी इन्डियनले ब्ल्याकमेल गर्न थालेपछि…

शेयर गर्नुहोस्

काठमाडौं । भारतको उत्तर प्रदेशका ३१ वर्षीय मोहम सालिम र काठमाडौंकी कविता (नाम परिवर्तन) यूएईमा एउटै कम्पनीमा काम गर्थे । सँगै काम गर्दा भएको चिनजान झाँगिदै गर्दा उनीहरुबीच शारीरिक सम्बन्ध पनि भयो ।

त्यतिबेला सलिमले कवितासँगको अन्तरंग तस्वीर पनि खिचेका थिए । तर, कविता त्यसबारे जानकार थिइनन् । नेपाल फर्किएपछि उनी सालिमसँग टाढा हुन थालिन् । ‘तर उनलाई चाहिँ कविता टाढा भएको मन परेन, उनले बोल्न छाडेपछि पहिले खिचेको अन्तरंग तस्वीर देखाएर ब्ल्याक मेल गर्न थाले काठमाडौं प्रहरी परिसर, टेकुका एक अनुस न्धान अधिकृत भन्छन्, ‘आफन्तलाई पठाइदिने भन्दै धम्की आउन थालेपछि हामी कहाँ उजुरी पर्‍यो ।
सालिमले उनलाई भेट्ने प्रस्ताव गरिरहेका थिए । त्यहीबेला प्रहरीसँगको सहयोग लिन पुगिसकेकी कविताले उनलाई नेपाल बोलाइन् । त्यसपछि कवितालाई भेट्ने भन्दै काठमाडौंको एक होटलमा आएका सालिम त्यहीँबाट पक्राउ परे ।
अहिले उनीविरुद्ध विद्युतीय अपराध ऐन, २०६३ अनुसार ५ दिन म्याद थप गरेर काठमाडौं प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।

शेयर गर्नुहोस्