संघसंस्था गतिविधिसाइप्रस न्युज

नेपाली जनप्रगतिशील मन्च साइप्रसद्धारा एमसिसिका बारेमा नेपालका प्रधानमन्त्रिलाई ज्ञापनपत्र

शेयर गर्नुहोस्

युरोप, साईप्रस ,नेपाली जनप्रगतिशील मन्च साइप्रसले एमसीसी सम्झौतामा रहेका अपमानजनक शर्तहरु स्वीकार्य नभएको भन्दै होनरी कन्सुलेट अफ साईप्रस , नेपाली दूतावास इजरायल मार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएको छ ।

‘यसअघि कुनैपनि मुलुकबाट प्राप्त अनुदान सहयोग बारे संसदबाटै त्यस्तो सहयोग लिनेबारे छलफल भएको थिएन । तर, यो सहयोगका लागि संसदबाट अनुमोदन गराउन खोज्दा पछि अन्य मुलुकबाट पनि अनुदान सहयोग लिँदा यसैको नजिर कायम हुने सम्भावना रहन्छ । त्यसमाथि यो सम्झौतामा उल्लेख कतिपय शर्तहरु सार्वभौम देशमाथिको चिथोमिचोको रुपमा रहेको हाम्रो संगठनको ठहरछ ।’ उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

मन्चका साईप्रस प्रतिनिधि नवराज गौतमको नेतृत्वमा सोमवार निकोसियामा रहेको होनरी कन्सुलेट अफ साईप्रसका प्रमुख डा. रामजिवन पन्जियारलाई सो ज्ञापन पत्र बुझाएको हो । मन्चले विगत लामो समयदेखि अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग सरहानिय रहेको र यस्तै चाहना अहिले पनि रहेको बताउँदै शर्तसहितको एमसीसी सहयोगमा मन्चको आपत्ति रहेको बताइएको छ ।

मन्चले बहुसंख्यक नेपाली जनता एमसीसी सहयोगको विरुद्धमा उभिएको बारे प्रधानमन्त्री जानकार रहेको बताउँदै प्रतिपक्षको निरन्तरको संसद अवरोधकाबीच एमसीसी सदनमा दर्ता भएपनि छलफलको सम्भावना नदेखिएको समेत ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

शेयर गर्नुहोस्