देश विदेश

वैदेशिक रोजगारीमा जानेले क्युआर कोडसहितको श्रम स्वीकृति बोक्नु पर्ने

शेयर गर्नुहोस्

काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एसएमएस वा इमेलमार्फत प्राप्त क्युआर कोडसहितको ई –स्टिकर साथैमा बोक्न अनुरोध गरेको छ ।

आजदेखि लागू हुने गरी श्रमिकले पेस गरेको ई स्टिकरको प्रतिमा छाप लगाउन नपर्ने नियम ल्याएको विभागले जनाएको छ ।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक रोजगार विभागको श्रम डेस्कबाट अब वैदेशिक रोजगारीमा जाने श्रमिकको ई स्टिकरमा यस अघिजस्तो छाप नलगाइने भएको छ ।

पछिल्लो समय श्रमिकले अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्ने र स्टिकर पनि इमेल वा मोबाइलमा एसएमएसमार्फत प्राप्त हुन्छ । यसरी प्राप्त ई –स्टिकर सिधै रोजगारीमा जाने दिन विमानस्थलमा श्रम डेस्कमा देखाए पुग्छ ।

प्राप्त ई स्टिकर मोबाइलमा डाउनलोड गरेर वा त्यसलाई प्रिन्ट गरेर साथैमा राख्न र विमानस्थलमा श्रम डेस्कमा मोबाइलमा भएमा मोबाइलमार्फत नै पेस गर्न विभागले सूचना जारी गरेको हो ।

 

यहाँ क्लिक गरि  चेक गर्नुहोस् तपाइँ को श्रम भयो कि भएन ?  आफ्नो पासपोर्ट नम्बर हालेर सर्च मा क्लिक गर्नुहोस्।

यो समाचार पनि पढ्नुहोस् : पुनः श्रम स्वीकृति अनलाइनबाट मात्र जारी हुने, कसरी लिने ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।